गोर्खा मनकामना …

“उठ्, हामीसँग मनकामना हिँड् ।” ठुल्ममीको आवाज आयो ।

“जानू दादा, फुर्सद पनि छ ।” बहिनीले भनी ।

साउन १० गते मङ्गलबार मेरा कानमा परेका पहिला शब्दहरू यिनै थिए । म भने निद्राबाट राम्रोसँग ब्युँझिएकै थिइन । के भइरहेको छ भनेर बुझ्नै सकिन निकै बेर त । सपना पो हो कि ? एकछिन रनभुल्लमा परेपछि सपना होइन भन्ने लाग्यो अनि नुहाउनु पो पर्छ भन्दै जुरुक्क उठेँ ।

शरीर भित्र र बाहिर सफा भएपछि चियाको चुस्की लिँदै बिस्कुट चप्लक्क चोब्दै चपाएँ । मन्दिर जानु थियोे तर भोक असाध्यै लागेको थियो । पेटको जलन शान्त भयो । साँच्चै भैरव अर्यालले भनेझैँ भुँडी पूजा नभएसम्म केही गर्न मन नलाग्दो रहेछ ।

सवा ६ बजेतिर ठुल्ममी र ठुल्बाबासँग घरबाट निस्किएँ । कालो बादल बर्सिन थाल्यो । घरबाट धुम्बाराही चोक नपुग्दै मसिनो भए पनि भिज्ने गरि पानी परिसकेको थियो । ठुल्बाबा त लमकलमक अघि लागिहाल्नु भो । ठुल्ममीलाई चैँ हिँड्न गाह्रो हुन थालेको रैछ । त्यसमाथि मामूको सानो चप्पल लगाउनु भएको थियो । उहाँको गतिमा हिँडेँ म पनि, छाता ओढ्दै ।

धुम्बाराही चोकमा पुग्नेबित्तिकै महानगर यातायात चढियो । हुन त चक्रपथ परिक्रमा गर्ने गाडी पाउन गाह्राे छैन तर जुन पहिला आयो त्यही नै चढियो । पहिले महानगर यातायातको गाडी चढ्दा बस्न अफ्ठ्यारो भएको थिएन । त्यो गाडीमा बस्दा चैँ अगाडिको सिटमा घुँडा ठोकियो । ‘घुँडा नठोक्किने सिट स्पेस भएको गाडी पाउन पनि अति मुस्किल !’ मेरो सोच ।

सात बजे कलंकी पुग्यौँ । एकैछिनमा नारायणगढ जाने गाडी (माइक्रोबस) मा मनकामना (कुरिनटार) ओर्लिने भन्दै चढ्यौँ । सुरुमा प्रती व्यक्ति ३७० रुपैयाँ भन्दैथिए तर ३०० मै माने । सुरुमा त सोचिनँ तर एक जनालाई ५० रुपैयाँ जती महङ्गो पर्न गयो कि जस्तो चैँ लाग्यो ।

कलंकीमा सातै बजेदेखि जाम ! एक लेन बाटो खनेको छ अनि मास्तिर चोकमा पहिले बनेको आकाशे पुल भत्काएर बिजोग ! आधा घण्टापछि जाम खुल्यो । काठमाडौँ जिल्लाका नगरहरूको बिजोग पनि देखियो । बाटोभरी पानी परिरह्यो । हिलोले छ्पक्कै छोपेको छ काठमाडौँको सडकलाई । गाडीहरूले जोतेका छन् तिनलाई । कमी छ त रोपार र धानका बीउको ! काठमाडौँ महानगरपालिका, नागार्जुन र चन्द्रागिरि नगरपालिकाका मुल बाटाहरू नै खेतजस्ता भएका छन् । कीर्तिपुरमा सडक निर्माणमा घोटाला भयो रे भन्ने सुनिएको थियो अघिल्लो दिन । स्मार्ट नगर बनाउँछौँ भन्ने निर्वाचित पदाधिकारीलाई सम्झेर हाँसो उठ्छ । माया पनि लागेर आउँछ । कम्तीमा सिटी त पहिला बनाउनुस् भन्ने सुझाव पनि दिन मन लाग्छ ।

धुवाँधुलोको शहर छुटेर गाडी नागढुङ्गाको ओरालो झर्यो । हिलो कम भएको थियो तर कुहिरोले डाँडो पुरै छेकेको थियो । पानीमा रुझ्दै गाडीले कुहिरो छिचोल्यो । नौबिसे आइपुग्दा त आकाश अलि खुलेको थियो, पानी पर्न पनि रोकिएको थियो ।

सिम्लेमा गाडी एकछिन रोकियो । पर पानीले डुबाइएका खेतमा खनजोत गर्दै रोपाइँ चल्दै थियो । मलाई रमाइलो लाग्दै थियो । ती किसानहरू चाहिँ रमाइ रहेका थिए वा सधैँ गर्नुपर्ने कामको बोझले थिचिएका थिए, थाहा नै भएन । अझ पर पर पहाडको टाकुरीमा सेतो-कालो बादल मडारिइ रहेका थिए । ती बादलले किसानलाई खुसीको सन्देश दिन्छन् सायद । तर कल्पना नै गर्न नसक्ने त्रास पो दिन्छन् कि सँगै बाढी पहिरो ल्याएर ।

IMG_0993
सिम्लेमा हाईवेबाट देखिएको दृश्य

 

त्यसपछि गाडी फेरि हुइँकियो । निकैबेर हावाले मुखमा हानिरह्यो । मुख अलिकति कुच्चियो कि जस्तो पनि लाग्थ्यो घरीघरी । तर मीठा गीत सुन्दै बाहिर हेर्दै हावा खानुको मज्जा शब्दमा वर्णन गर्नै सकिँदैन ! बैरेनी बजारमा बाटो बन्दै रहेछ । त्यहाँ पनि हिलो र धुलो देख्न पाइयो । काठमाडौंं झैँ निर्माणाधीन बजार रहेछ भन्ने मेरो मनमा पर्‍यो । तर अलि पर मोडमा पुग्दा खनिएको पहाड अस्थिर भएर अहिले नै ढुङ्गा खस्छन् कि जस्तो पनि देखियो । त्यो बजार कटे पछि फेरि रफ्तार पकड्यो माइक्रोले ।

साढे नौ बजेतिर मलेखु बजारमा गाडी गुड्दै थियो । मेरो मन पनि उड्दै थियो । परार साल हिउँदमा दुई साता बसेपछि त्यो ठाउँमा प्राणको अंश नै छोडे झैँ लाग्छ । त्यहाँ हिँडेका बाटा-गोरेटा, पहाड र खोलाहरूको सम्झना मस्तिष्कमा ताजा नै छ । गाडी त्यो क्षेत्रबाट जाँदै गर्दा सोच्छु–ओहो, धेरै नै पो हिँडिएछ त्यो बेला !

हामीले परार साल “इन्डिभिजुअल फिल्ड” का क्रममा सुन्तला किनेर खाएको ठाउँ शितलबजारमा गाडी रोकियो । ड्राइभर दाइले धेरै समय लगाए खाना खान । कुरिनटार अब बीस मिनेटमा पुगिन्छ पनि भने । खासै टाढाजस्तो त मलाई पनि लागेको थिएन त्यहाँबाट तर बीस मिनेट मात्र होला ? प्रश्न आयो मनमा ।

आधा घण्टा गाडी त्यहीँ रोकियो । अनि गुड्न थाले पछि बीस मिनेट घडीमा हेर्न थालेँ । समय मात्रै अघि बढ्यो । ठाउँ त आउँदैन त । अर्को बीस मिनेटमा पनि आइपुगेन । होइन, ड्राइभर दाइले त उसै भनेछन् । निकै टाढा रहेछ । शितलबजारबाट हिँडेको ठ्याक्कै एक घण्टामा कुरिनटार पुगियो । त्यसबीचमा थुप्रै ठाउँ देखियो । इच्छाकामना नेर पर पहाडबाट झरेको झरना देख्दा मन रमाएको थियो तर गाडीको बेगका कारण फोटो खिच्न चाहिँ सकिनँ ।

मनकामना केबलकार

मनकामना मन्दिरसम्म सजिलो गरि आवतजावत गराउने उद्देश्यले मनकामना केबलकार प्रा. लि. ईस्वी सम्बत् १९९९ देखि सञ्चालनमा आएको छ । कुरिनटार र मनकामनामा दुइटा स्टेसन छ्न् । बीचमा २० वटा टावरमा बाँधिएको तारको लट्ठामा गोन्डोला (कार) हरू समान दूरीमा झुन्डाइएका छन् । जम्मा ३६ वटा यात्रुबाहक र ३ वटा मालबाहक कारहरू छन् । तर मर्मतका लागि केही कारहरू छुट्टै राखिएका हुन्छन् । केबलकारबाट ओहोरदोहोर गर्न औसतमा दस मिनेट लाग्छ । काउन्टरमा तीनजनाको लागि ठुल्बाबाले टिकट लिनुभयो । हामी स्टेसनतर्फ लाग्यौं ।

मनकामना केबलकार स्टेसन, कुरिनटार

केबलकार चढ्न मानिसहरूको लाइन । माथि बोर्डमा सुरक्षा निर्देशन ।

एनसेलले कुनै बेला पर्पल बनाइदिएको त्रिशुली पारिको बस्ती

करालो

मनकामना बजार

गोर्खा जिल्लाको मनकामना स्टेसनको गेटबाट बाहिरिने बित्तिकै मनकामना बजार देखिन्छ । दश वर्षअघि यो बजारमा खानाको व्यापार व्यापक थियो । अहिले पनि छ । तर अझ व्यापक भएछ, फोटोको व्यापार !

“फोटो खिचाउन यता आउनुस् (दाजु/दिदी/अंकल/आन्टी) ।”

“हाम्रोमा अरू पसलमा भन्दा सस्तो छ ।” रेट कति भनेर सोध्दा भित्र तानेर लान्छन् अनि थरीथरीका फ्रेम देखाउँछन् । चित्त बुझेन भने पनि सकेसम्म आफ्नोमा फोटो खिचाइदिन चाहन्छ्न् । खिचातानी चल्छ । रिसाउँछन्, गाली पनि गर्छन् । रमाइलो मानेकोले मात्रै तर फोटो खिचाउनु छैन भने त अत्ति नै हो नि !

IMG_1031
व्यापार

IMG_1055

बजारमा अग्लाअग्ला घरहरू छन् । छक्क पर्दै हेर्छौँ । बजारको अन्तिम मोडमा पुगेपछि देखिन्छ मन्दिर …

मनकामना मन्दिर

किंवदन्ती

गोर्खाका राजा राम शाहकी रानी महिमावती (जसलाई लीलावती वा चन्द्रमुखी पनि भनिन्थ्यो) सँग महाकाली, महालक्ष्मी र महासरस्वतीको शक्ति थियो । उनको शक्तिका कारण गोर्खामा जनताले न्यायको प्रत्याभूति गर्न पाए । उनको न्यायका कारण “न्याय नपाए गोर्खा जानू” भन्ने लोकोक्ति प्रख्यात हुन गयो । उनका भक्त लखन थापा मगर मात्र उनको दिव्य शक्तिका बारेमा जान्दथे ।”

एकदिन राजाले रानीलाई देवी स्वरूपमा देखे । उनले त्यो कुरा रानीलाई भनेको केही समयमा नै उनको मृत्यु भयो । तत्कालीन चलन अनुसार रानी सती जानुपर्ने भयो । लखन थापाले ठूलो बिस्मात् गरे । रानीले उनको घर नजिकै अवतरित हुने वाचा गरिन् ।

केही महिनापछि एउटा किसानले खेत खन्दै गर्दा हलो एउटा ढुङ्गामा ठोक्कियो । त्यो ढुङ्गाबाट दूध र रगत बहन थाल्यो । किसानले लखन थापालाई बोलयो । उनले त्यो ढुङ्गामा देवी अवतरण हुनुभयो भन्ने बुझे । तान्त्रिक शक्तिको प्रयोग गरेर उनले दूध र रगतको वहाव रोके अनि मनकामना देवीका रूपमा स्थाप्ना गरे । उनै लखन थापाका सन्तानहरू मनकामना मन्दिरका पुजारी रहन्छन् ।

वर्तमान 

… त्यस दिन मनकामना मन्दिरको जुन स्वरूप देखियो, त्यो मैले कल्पना नै गरेको थिइनँ । पहिले देखेझैँ रातो रङ्गले रङ्गिएजो दुई तले मन्दिर देखिन्छ भन्ने लागेको थियो । तर देखियो गजुर र माथिल्लो तला झिकिएको, खट बाँधिएको, फुङ रङ उडेको एउटा संरचना !

२०७२ वैशाख १२ गते गोर्खा जिल्लाको बार्पाकलाई केन्द्रविन्दु बनाएर भुकम्प गएको थियो । त्यही बेला नै मनकामना मन्दिर भत्किएको थाहा पाइएको थियो । ठीक ६ महिना अघि मामुबाबा त्यहाँ जाँदा खट बाँधेको रहेछ भन्नुभएको थियो । तर मैले त्यहाँ मन्दिरको स्वरूप नै देखिनँ । शंका लाग्यो, मनकामना मन्दिर यही हो त ?

IMG_1032

मनकामना मन्दिर । पुरानो स्वरूप जस्तापातामा टाँगिएको फ्लेक्समा । मान्छेले नगरी त भगवानले पनि आफ्नो घर बनाउन नसक्दा रहेछन् !

बजार र वरपरका संरचनामा भुकम्पको प्रभाव देखिँदैन । मन्दिर चाहिँ पुनर्निर्माण गर्न भन्दै भत्काइएको छ । चन्दा उठाइँदै छ । “मनकामना मन्दिरको र केबलकार कम्पनीको आम्दानीबाट नै मन्दिर बनाउन सम्भव छैन र ?” ठुल्बाबाको प्रश्न । “सरकारी सहयोग पनि कुरेर बसेका होलान् ।” मेरो तर्क । तर मन्दिर छिटो नबन्नु दुर्भाग्य नै हो ।
मन्दिर हेर्दाहेर्दै मनमा उठ्यो, “ढुङ्गाको मूर्तिमा भगवान मान्नु अनि संरक्षण गर्नु मानिसको कल्पना बाहेक केही होइन रैछ । शक्तिशाली भए त ढुङ्गाका भगवानले आफ्नो घर त जोगाउनु पर्ने । अनि आफ्नो घर आफैँ बनाउनु पर्ने । तर मान्छेको कल्पनाभन्दा माथी केही पनि छैन । मान्छेले नगरी त भगवानले पनि आफ्नो घर बनाउन नसक्दा रहेछन् !”

ढुङ्गाको मूर्तिमा देउता हुँदैनन् भन्ने मान्यता राख्ने मजस्ताका लागि यो निकै राम्रो प्रमाण हो । तर म खुसी हुन सकिनँ । मन्दिर र मूर्ती हाम्रा पुर्खाको कला र मिहिनेतका निशानी हुन् । मन्दिर बनाउन ढिलो गर्नु भनेको पुर्खाको उपहास हो ।

मूल मन्दिर छेउमा एउटा टहरो बनाएर “देवी”लाई राखिएको छ । मगर पुजारीका हातबाट म “बाहुनको छोरो”ले टीका थाप्छु । जातीयताको कुनै प्रश्न उठ्दैन । पछाडि रहेको गोरखनाथमा बेलपत्र चढाउछौँ । अनि दश-पन्ध्र मिनेटमा नै हामी मन्दिर प्राङ्गणबाट बजारमा आउँछौँ । बजार तीनचार पटक ओहोरदोहोर गरे पछि हामी स्टेसनमा फर्कियौं ।

मनाकामना स्टेसनमा केहीबेर लाइन बस्नुपर्यो । तर दुई बजे हामी तल्लो स्टेसनमा पुगिसकेका थियौं । तर काठमाडौं आउँदा नौबिसेमा जाम परेकाले अनि पानी पनि परेकाले नौ नबजी घर आइपुगिएन ।

फर्किने बेलाको लाइन

भेडा

images

नेपालको चुनावी सन्दर्भमा “भेडा” शब्द एकदम प्रचलित छ । कुनै बेला सर्वमान्य नेता गणेशमान सिंहले “काठमाडौंंका जनता भेडा हुन्” भन्नुभएको थियो भन्ने सुन्दा सानामा रमाइलो लाग्थ्यो । प्रजातान्त्रिक शक्तिलाई नपत्याएको झोंक थियो सायद उहाँको ।

वैशाख ३१ गते पहिलो चरणको स्थानीय चुनाव सकियो । “भेडा” शब्द फेरि चर्चामा आयो । पहिलेजस्तो नेताको भाषणमा होइन, जनताको सामाजिक सञ्जालको भित्तामा ।

भेडा को हुन् ?

वर्तमान सन्दर्भमा भेडा भन्नाले कांग्रेस, एमाले, माओवादी लगायतका लामो समयसम्म शासन गरेका दलहरूलाई भोट हाल्ने जनता हुन् रे । नयाँ दलहरूलाई भोट हाल्ने (खासगरी काठमाडौंको सन्दर्भमा) चाहिँ भेडा होइनन् रे । मलाई यस्तै भनेका थिए एकजनाले फेसबुकमा । यसरी बुझ्दा मतदानमा सहभागी अधिकांश जनता (म सहित) भेडा हुन् ।

अर्को परिभाषा पनि भेटिन्छ यदाकदा । “राम्रा”लाई भन्दा “हाम्रा”लाई भोट हाल्ने पनि भेडा हुन् । यसमा मेरो विचार के छ भने नि “हाम्रा राम्रा” हरूलाई भोट दिनु सर्वोत्तम हो । तर “राम्रा” जति “हाम्रा” हुन् भन्ने ग्यारेन्टी नभएसम्म जनताले आफ्ना नजिकका (“हाम्रा”) लाई नै भोट हाल्छन् । एउटा उखान छ त, “टाढाको देउता भन्दा नजिकको भूत वेश” ।

पुरानाका विरुद्ध नयाँ

यहाँ नयाँको पनि अपव्याख्या भएको देख्दा छ्क्क पर्छु म त । भर्खर खुलेका दलहरू अनि युवाहरू नयाँ हुन् रे । नयाँ हुन त सोच पनि नयाँ हुनु पर्‍यो नि । तालिवानहरू युवा शक्तिका रूपमा अफगानिस्तानमा देखा परे । तर तिनले पुरातनवादी शरिया कानुनमा जोड दिए ।

नेपालमा भएका “नयाँ” दलहरूमा पनि नयाँपन छैन । बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीलाई नयाँ ठान्ने युवाहरू छन् यहाँ । भट्टराईको अध्यक्ष बन्ने सपनाको उपज थियो यो पार्टी । भयङ्कर ठूलो सभा गरेर पार्टी घोषणा गरे हाम्रा डाक्टरले । हजारौंले वर्ष दिन नपुग्दै पार्टी छाडे । बौद्धिकताको कदर भएन भन्दै थिए ।

दुई महिना अघि बीबीसी नेपालका पूर्वप्रमुख रवीन्द्र मिश्रले घोषणा गरेको तर दर्ता नभएको “साझा पार्टी” सामाजिक सञ्जालमा भाइरल बन्यो । युवाहरूलाई तान्यो पनि । कामनपाको मेयरमा पूर्वसचिवलाई उठायो । झट्ट हेर्दा उनी योग्य देखिए तर ब्यूरोक्रेटहरूलाई जनताले पत्याउने बेला भयो त ? हुन त सबैलाई एउटै कित्तामा हाल्नु ठीक नहोला तर देश बिग्रनुमा कर्मचारीहरूको असक्षमताको ठूलो हात छ भन्ने अधिकांश ठान्छन् । अनि साझा पार्टीको घोषणा अर्को एउटा पार्टी विवेकशीलको विरुद्धजस्तो पनि देखियो ।

विवेकशील-मैले अलि भिन्न होला भन्ने ठानेको दल । भिन्नता देखाएको पनि थियो । टायर बालेर गर्ने आन्दोलनलाई प्लेकार्ड बोकेर, हल्लाखल्लाको विरोध छाडेर मौन विरोध सिकाउने दल । म कति इम्प्रेस्ड भएको थिएँ । स्वास्थ क्षेत्रमा सुधार हुनुपर्ने माग राखेर डाक्टर गोविन्द केसीले अनसन बस्दा साथ दिने पहिलो दल पनि यही थियो । तर त्यही अनसन ताका मैले स्वास्थ सेवा लिन गएका हजारौंले दु:ख पाएको देखें । काठमाडौंका निम्न/मध्यम वर्गीय र बाहिरबाट उपचारका लागि आएका जनताले दु:ख पाउनु जायज हो त भन्ने प्रश्न गर्दा जायज हो भन्ने पनि भेटिए । विवेकशीलले त्यस बेला एउटा आयामबाट मात्रै हेर्यो भन्ने मेरो ठम्याई हो । तर उनीहरू भर्खर पार्टीका रूपमा आउँदै थिए अनि आन्दोलनको केन्द्रमा पनि थिएनन् । विवेकशील बारे मैले सोचेको पनि थिइन त्यो बेला ।

यसपाली चुनावमा काठमाडौं महानगरको मेयर पदमा २१ बर्षिय रन्जु न्यौपाने “दर्शना” लाई उम्मेदवार घोषणा गर्यो । उनको पहिलो अन्तर्वार्ता हेरिसकेपछि मलाई लाग्यो, “अरू कोही योग्य थिएनन् यो दलमा ?” अनि त्यसमाथि विवेकशीलको नारा, “काठमाडौंलाई फेरि सुन्दरमाडौं बनाउछौं” । काठमाडौं कहिल्यै पनि सुन्दरमाडौं थिएन । काठमाडौं काठमाडौं नै हो र काठमाडौं नै रहनुपर्छ । फेन्सीफुल शब्दको जालमा पार्न त पुरानाले नै जानेकै थिए त । नयाँ कसरी फरक भए ? सपना देखाउन त पुरानाले पनि देखाएकै थिए । गफकै राजनीति गर्ने भए नयाँ-पुरानामा नाम बाहेक अरू के फरक भयो त ?

नयाँ र पुरानामा खासै फरक रहेनछ भन्ने मलाई त्यो दिन थाहा भयो जुन दिन मैले मेयर उम्मेदवारले नसुहाउदो भाषण गरेको भिडियो हेरें । कति कृत्रिम र भद्दा थियो त्यो भाषण । विवेकशीलको मौन राजनीति तोडियो । गालीको राजनीति सुरु भयो । पुराना र नयाँ बिचको खाडल पुरियो । चुनाव अघिको मौन अवधिमा पनि हल्ला गर्न जब विवेकशील चुकेन, म हतास भएँ । नयाँ पनि पुराना जस्तै नै रैछन् । शक्तिमा नपुग्दै नियमको अपव्याख्या गर्न सक्ने दल शक्तिमा पुग्यो भने के होला ? मैले यही सोचेँ ।

पुराना दलमा सबै खराब नै छन् त ?

एमाले, कांग्रेस, माओवादीमा फटाहा मात्रै छन् भन्ने ठान्छन् टीनएजर्स । नयाँ पार्टीका भविस्य यिनै मा अडिएको छ । हो, माथि पुगेका मिडियामा सधैं देखिने केही नेता खराब छन् जसले इमान्दार मान्छेलाई छायामा पारेका छन् । युवाहरूले छायामा परेका त्यस्ता मान्छेलाई नदेख्नु नै नेपाली राजनीतिको मूल समस्या हो । तर स्थानीय तह जनताले “हाम्रा राम्रा” मान्छे चिनेका हुन्छन् । अपवाद छाडेर जनताले धेरैजसो सक्षम मान्छे नै छान्छ्न् स्थानीय तहमा । त राम्रा मान्छे चुन्ने जनता भेडा कसरी भए ? केही खराब नेतालाई देखाएर जनता नै भेडा हुन् भन्नू कतिको जायज कुरा हो ?

नयाँहरूले बुझ्नु पर्ने

मेयर, उपमेयर र केही वडा पदमा एकदुई जना उठाउँदैमा विकल्प भइँदैन । यदि नयाँ दलहरूले बनेको “नयाँ” शब्द व्याख्या एकछिन मान्ने हो भने दुईजना नयाँ आएर केही हुँदैन, १६० जना पुराना आएपछि (काठमाडौंको सन्दर्भमा) । अनि जनतालाई भेडा भन्दा त्यसो भन्न हुन्न नभन्ने गणेशमानका पाला देखिका र भर्खर टुसाएका नेताहरुमा त म पटक्कै फरक देख्दिन ।

UN Day: What We Expect from the UN

We don’t want the United Nations’ Organization (abbreviated UN or UNO) to become another League of Nations. We don’t want it to fail in it’s objectives. Because we know, without the UN, the world is certainly going to face a nuclear war.

 

un-flag-square

The UN was established on October 24, 1945. As the world celebrates the establishment of this world organization, I present my views on the UN based on my recent observations. First, my comment on my friend Roshan Bhandari’s post on Write, Share and Discuss:

The UN had big challenges when it was established. Its charter promises a war-free world. But wars have not come to an end. The UN failed to stop the Kuwait-Iraq war, the American attacks on Vietnam, Afghanistan and Iraq. The Israel-Palestine conflict never seems to resolve under the UN. The underdeveloped countries are still suffering. The organizations under the UN such as FAO, UNDP are affected by corruption. You heard the case of rotten cereals and pulses distributed in the remote areas of Nepal and also during the earthquake last year, didn’t you?

The UN looks like a puppet organization to me. Well, it’s almost true that the veto-nations rule it. Especially, the US, Russia and China. If avoiding conflict with Syria didn’t serve Russia a purpose, the nation would have been churned and the UN would not have said anything. The Americans and Europeans have already marched to fight “Islam” in the name of fighting the terrorism, though, and the UN cannot overrule it. The UN is in a state of coma. It does not seem to come out of it anytime sooner.

Criticisms of the UN

I had not thought about my views until last month. I wanted to know if other people also thought that the UN has problems. I googled “Has the UN failed?” and discovered several articles on the internet that represent my thoughts above. There is a Wikipedia article on the criticisms of the UN, infographics that show the failures the organization has met and several other articles related to its problems.
I don’t understand most of the things the Wikipedia article says but I think the biggest problems in the effectiveness of the UN are the five permanent member nations of the  Security Council. These five nations- the USA, the UK, France, Russia and China have veto power by the use of which they can force the SC to make certain decisions. Veto must have been suggested as a way to stop wars but it is not effective. The USA and the USSR (now Russia) have used the power indiscriminately to overrule policies that are against their interests. No permanent nation, like I’ve said above, is going to use veto or stop war if they don’t have their own interests. The USA, the UK and France are also the members of NATO. As the UN cannot stop military activities of the NATO, these nations can participate in war through the latter thus making the decisions of the former useless.
Another problem with the permanent members is that they are top fives among the major arms exporting countries. There is no use of arms in the absence of war. If these arms exporting nations have continued to supply arms and gaining profit, it means wars are continuously going on around the world. The UN seems to check these wars. An even more frightening scenario is the one in which the arms producing and exporting countries are backing up wars in various parts of the globe. If wars help them improve their economy, why wouldn’t they do so?
The another big problem is bureaucracy. Anthony Banbury says in an article on the New York Times:
The world faces a range of terrifying crises, from the threat of climate change to terrorist breeding grounds in places like Syria, Iraq and Somalia. The United Nations is uniquely placed to meet these challenges, and it is doing invaluable work, like protecting civilians and delivering humanitarian aid in South Sudan and elsewhere. But in terms of its overall mission, thanks to colossal mismanagement, the United Nations is failing.
The article says that the UN bureaucracy is slow. As a result, immediate response to a particular situation is difficult. Banbury also criticizes the role of peace-keeping forces in countries like, Haiti, Sudan and Mali. Peace-keeping forces have not been able to bring peace in these countries. If they have, it’s been temporary. And in some countries such as Haiti, where there is not much need for the peace force, they are still there.

Nepal and the UN

In Nepal, the UN and its different agencies have been working in providing basic needs of food, shelter, health services, and in activities related to human rights. United Nations’ Mission In Nepal (UNMIN) helped in the peace-process of Nepal. The WHO, UNFPA and UNICEF have helped in health sector, the WFP is working to provide food in the rural areas, the UNDP on development works, and so on.
Last year, the WFP got into a controversy*. Most Nepalese media and parliamentarians criticized the distribution of rotten food products in the earthquake affected areas. Such claims had also been heard earlier. We don’t know if the WFP is actually providing anything bad, but if such things come up regularly, we’ll be inclined to think that something is wrong. It also questions the effectiveness of the UN agencies.

What we Want

We want the UN to work democratically, and don’t want some nations decide the future of the world. We want the members, especially the permanent members of the Security Council UN to support peace and humanity, not wars. We want all the nations to work together selflessly. We want the developed nations to invest in uplifting the economic status of the poverty-stricken people over the globe, not just on nuclear weapon research and space travel. We want the UN to take these initiatives to bring eternal peace and happiness.
* The title of the article in this link might be misleading.

 

डा. केसीको “आमरण” अनशनको सार्थकता

करिब तीन साता भयो डा. गोविन्द केसीको “आमरण” अनशन सकिएको । यसपटकको आठौं अनशनमा उनले धेरैको समर्थन पाए । के उनको आन्दोलनले देशभरका जनतालाई सुबिधा होला ? के नेपालको संविधानमा लेखिएको स्वास्थ्य सम्बन्धि हकलाई यो आन्दोलनले सहयोग गर्ला ? यी प्रश्नहरूको जवाफ खोजिनेछ यस लेखमा ।

अनशनको शिलशिला

डा. केसीले यसपटक समेत गरेर आठचोटि अनशन बसे । उनको समर्थनमा युवाहरू सडकमा ओर्लिए; सोसल मिडियामा I am with Dr. KC भन्ने नारा लगाए ।  शिक्षण अस्पतालका डाक्टरहरूले स्वास्थ्य सेवालाई असर हुनेगरी आन्दोलनलाई समर्थन (या विरोध) गरिरहँदा जनताको सहज स्वास्थ्य सेवा पाउने हक कुन्ठित भयो भन्न भने मैले हिच्किचाउनु हुँदैन ।

डा. केसीका अनशनको क्रम

असार २१-२४, २०६९ (४ दिन)

साउन २७-भदौ १, २०६९ (७ दिन)

पुस २७-माघ १०, २०७० (१४ दिन)

माघ २५-फागुन ३, २०७० (८ दिन)

फागुन ८-१९, २०७१ (१२ दिन)

भदौ ७-२०, २०७२ (१४ दिन)

असार २६-साउन ९, २०७३ (१५ दिन)

स्रोत: The Himalayan Times

जनतालाई सास्ती

डा. केसीले पाँचौ या छैटौं पटक अनशन बस्दा डाक्टरहरूले आकस्मिक बाहेकका सेवा बन्द गरेको सुन्दा मैले फेसबुकमा गुनासो पोखेको थिएँ- “जनताको सेवा होस भनेर गोविन्द केसीले अनशन  बसेका छन् । अरू डाक्टरचाहिँ सेवा बन्द गरेर समर्थन गर्दै छन् । ठीक उल्टो भएन र ?” मेडिकल पढ्दै गरेका मेरा एक मित्रले जवाफ दिए- “दुर्गमका मानिसको सुबिधाको लागि काठमाडौंका केही जनताले दु:ख पाउनु गलत होइन *।” मलाई चित्त बुझेन; काठमाडौंका जनताले चाहिँ किन दु:ख भोग्नुपर्ने ? तिनै मित्रले मलाई भने- “तिमी त मुर्ख रैछौ, कुरा नबुझ्ने ।” मैले विवाद गर्नु जरुरी थिएन । सायद काठमाडौंवासीले केही सुबिधा त्याग गर्नुपर्छ भनेर मैले नै नबुझेको थिएँ ।

तर एकचोटी चित्त नबुझेपछि अर्कोपटक त्यस्तै कुरा सुन्दा रिस उठ्दो रैछ । डा. केसीको आन्दोलन ताका मेरो परिवारका दुई सदस्यलाई आँखा जचाउनु पर्‍यो । लगियो नजिकैको त्यही आन्दोलन चलिरहेको अस्पताल । दिउँसोको सत्रमा चालीसजना मात्र बिरामी हेर्ने भनिएछ । हुन त एकचलीसौँ नम्बरमा परेर पनि उपचार त त्यही दिन भयो तर त्यसपछि उपचार नै नपाउने पनि त थिए नि ! के शिक्षण अस्पतालका विद्यार्थीले आफ्नो मात्र सुबिधाका लागि जनताको करबाट छात्रवृत्ति पाएका हुन्; गोविन्द केसीको समर्थन गरेका हुन्  ?

डाक्टरका लुकेका स्वार्थ

“डाक्टरको जस्तो कुल्ली काम कसैको हुँदैन,” अस्ति निमेष दाइ भन्दै हुनुहुन्थ्यो मलाई । मैले पनि त्यसै बुझेको हुँ । दिनभर अनेक थरीका बिरामी हेर्‍यो । न खानाको टुँगो छ न बस्नको । राति अर्जेन्ट फोन आयो भने “दिनभरी थाकेको शरीर” पनि भन्न नपाउने । दत्तचित्तकासाथ उक्त पेशामा लाग्ने मानिसहरूलाई म सलाम गर्छु । तर यस पेशाको व्यापारिकरण गरिएको छ भन्ने सबैलाई थाहा भएको तथ्य हो ।

“ठूलो भएपछि डाक्टर बन्नु !” हामीले दशैँमा यही आशिर्वाद पायौँ । हाम्रो समाजले डाक्टरलाई भगवान मान्छ । डाक्टर बन्न गाह्रो छ अनि त्यसपछिको सम्मान चाहिँ अथाह । त्यसैले प्लस 2 साइन्स पढ्दा पनि मेडिकल इन्ट्रान्स भनेर एक्स्ट्रा क्लास राख्छन् । “गुण पनि धेरै खायो भने तीतो हुन्छ” भन्ने नेपाली उखान छ । सम्मान धेरै गर्‍यो भने दम्भ बढ्छ । नेपाली डाक्टरहरूमा पनि दम्भ भेटिन्छ । त्यसैले त उनीहरू अप्रेसन गर्न ढिला पुग्दा कसैले केही भन्दैन तर कोही बिरामी ढिलो पुगोस्, उसको सातो लिन्छन्  ।

दम्भ बोकेका डाक्टरले चलाएका छन् मेडिकल कलेज । त्यहाँ पढ्छन् पैसा पेल्न सक्ने (वा ॠण काढेका) परिवारका छोराछोरी । तिनको उद्देश्य- पैसा कमाउने । ॠण तिर्नु पर्दा अर्को उपाय पनि त छैन । जब कोही बिरामी हुन्छ, ऊ यस्तै स्वार्थले घेरिएको ठाउँमा पुग्छ ।

यस्तोमा एउटा डाक्टर (गोविन्द केसी) लाई निस्वार्थी रूपमा देखाइयो । र त उनलाई धेरैले पत्याए । तापनि उनले काठमाडौंमा दश वर्षसम्म नयाँ मेडिकल कलेज सञ्चालन गर्न नपाइने सहमती गरे सरकारसँग; साथै मनमोहन मेडिकल कलेजको सम्पत्ति नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान (वीर अस्पताल) ले किन्ने व्यवस्था गर्न बाध्य बनाए । यसपालिको सहमतिले निम्नलिखित प्रश्नहरू उब्जाउन सक्छ:

  • काठमाडौंको बढ्दो जनसंख्याको चापलाई अहिले भइरहेका अस्पतालले दश वर्ष थेग्न सक्छन् ?
  • अहिले सञ्चालनमा रहेका मेडिकल कलेजको स्तरोन्नति कसरी र कहिलेसम्म होला ?
  • मनमोहन मेडिकल कलेज सञ्चालकले सुलभ शुल्कमा सेवा दिन्छौँ भन्दा किन दिइएन ? केसीसँग सञ्चालकको व्यग्तिगत टक्कर जस्तो पनि देखियो कि ?
  • निजी मेडिकल कलेज खुल्दैनन पो भन्न खोजिएको हो कि ? वीर हस्पिटलले किन्ने भनेको मनमोहनको सम्पत्ति उसले बेच्न मानेन भने डा. केसीले फेरि अनशन बस्लान ?

नक्कली डाक्टरका सम्बन्धमा

नक्कली डाक्टरको विगविगी भएको यो समयमा गुणस्तरीय सेवा पाउनु त “आकासको फल आँखा तरी मर” भनेजस्तै भएको छ ।सिआइबीले समातेका नक्कली डाक्टर काममा फर्किए रे । डा. केसीको आन्दोलनले यो मुद्दा किन छोएन ? फेरि समावेशी कोटाका नाममा ८८% ल्याउनेले नपाएर ५०% ल्याउनेले मेडिकल गर्न पाउने प्रथा हुने गरी आन्दोलन गर्लान् कि नगर्लान केसीले ? नवौँ अनशनमा (भइहाल्यो भने) चाहिँ सलाइनविनै केसी बस्न सकून् ।

आन्दोलनको सार्थकता

हरेक प्रदेशमा एउटा स्तरीय मेडिकल कलेज सञ्चालनमा आए सबैलाई फाइदा होला । र ती छिटो बनून् । देशका सबै क्षेत्रमा स्वास्थ्यसेवा सजिलो गरि पाइयोस् । व्यापारिक उद्देशले अस्पताल नखोलिउन् । डाक्टरले “हिप्पोक्रेटिक ओथ” ननाघून् । अनि नक्कली डाक्टरले शिर नउठाउन् । 

मेरा पछिल्ला दुई कामनाका सम्बन्धमा केही कुरा नउठेकाले गोविन्द केसीको आन्दोलनलाई म अपुरो ठान्दछु । असल उद्देश्य राखिएको भनिएको अनशनले ती कुरा नसमेटेकाले फेरि यस्तै आन्दोलन नहोला भन्न सकिन्न । तर आन्दोलन गर्न पाउने हक प्रयोग गर्दा कसैको स्वास्थ्य सेवा पाउने हक कुण्ठित नहोस् ।

    [थप कुरा:

    * मेरा मित्रलाई जवाफ (ढिलै भए पनि) 

    केही समय पहिले काठमाडौंवासीले मधेसको समस्या बुझेनन् भन्दै नाकाबन्दी गराए मधेसी दलले । त्यसको विरोध व्यापक भयो । तिमीले के गर्‍यौ मलाई याद छैन तर काठमाडौंमा बस्ने बित्तिकै सुबिधाभोगी भन्ने बुझ्यौ कि कसो ? नत्र अन्त उपचार गर्न नपाएर यहाँ आएका बिरामी पनि त हुन्छन् नि ! तिनले चाहिँ काठमाडौंमा सुबिधा लिन नपाउने भन्न खोजेका हौ कि ? या तिमीहरूलाई आफ्नो ठाउँमा अस्पताल खुल्दैछन्, काठमाडौं आउनु पर्दैन भनेका हौ कि ? तिम्रो तर्क मैले किन नबुझेको रैछु भने नि तिमिले पढ्ने टिचिङ हस्पिटलमा निम्न र मध्यम वर्गीय बढी आउँदा रैछन् । धनीका लागि त ग्रान्डी, वयोधा छँदैछन् । निम्न आय भएकाका लागि आन्दोलन हुँदा किन त्यस्तै आर्थिक स्तर भएका जनताले दुःख पाउने ?
    ** आमरण अनशनमा सलाइन चढाउन हुन्न भन्ने गोर्खाका नन्दप्रसाद अधिकारीले आफ्नू छोराको हत्यारालाई सजाय दिनुपर्छ भन्दा ज्यान गुमाए । उनको समर्थनमा उठेका फाट्टफुट्ट स्वर त्यसै हराए । सायद न्यायलाई व्यक्तिगत स्वार्थ ठाने धेरैले !

    *** यो लेख आउनमा निमेष अधिकारी (माथि निमेष दाइ)को महत्त्वपूर्ण योगदान छ । उहाँको ब्लग पनि पढ्नुहोला ।]

    अलिकति गुनासो संस्कार माथि

    एउटा घटना

    समय : साउन ६ गते करिब डेढ बजे (दिउँसो)

    स्थान : जामे मस्जिद अगाडिको गेट

    सिमसिम पानी परिरहेको छ। तीनधारा ओर्लिएर त्रिचन्द्रतिर जाँदै छु । जामे मस्जिद अगाडि पानी जमेको छ तर ध्यान दिएको छैन । अचानक विना कुनै कारण पछाडि हेर्छु । एउटा माइक्रो हर्न बजाउँदै बत्तिँदै छ । मस्जिद अगाडिको “पोखरी”देख्छु । फुटपाथ मुन्तिरको त्यो पानी माथि माइक्रो दौडिन्छ कि भन्ठान्छु । हेर्दाहेर्दै त्यो गाडि पानी माथि कुद्छ । छप्ल्याङ् ! दाहिने पाटो पुरै भिज्छ । हर्न बजेकै छ, माइक्रो दक्षिण हुइँकिदै छ । खलासी आफ्नो माझी औँला झ्याल बाहिर तेर्स्याउँदै छ । रिस झन् बढ्छ । नम्बर टिप्न खोज्छु; चस्मा पछाडिको आँखाले भ्याउँदैन । मसँगै पाँच-छ जना भिजेका छन् । मस्जिदको गेटमा एकछिन अडिन्छन् । छेउमा छन् एक पुलिस, हासिरहेका । पारो झन् चढ्छ । रिसले मुर्मुरिँदै कलेज पुग्छु । धन्न मस्जिद अगाडिको “पोखरी” बाट बालुवा मात्र उछिट्टिएछ । नत्र हुँदैनथ्यो बिजोग ? अहिले पनि सम्झिँदा आगो बल्छ मनमा ।

    अर्को एउटा घटना 

    समय : साउन ५ गते दिउँसो सवा तीन बजे 

    स्थान : त्रिचन्द्र कलेज स्पोर्टस् हल

    मेरा दुई साथी टिटी खेल्दै छन् । टिटी अर्थात् टेबलटेनिस । दुई जना अपरिचित पनि छन्। अर्को बोर्डबाट तेस्रो अपरिचित आउँछ। मेरो साथीसँग ब्याट माग्छ । एक दुई “मिस” खेल्छु भन्छ । तर पारा हेर्दा पूरा गेम खेल्ला जस्तो लाग्छ । मेरो साथीले “पूरा गेम त खेल्न पाइन्न है” भन्छ । अपरिचितले दादागिरी देखाउँछ । गाली गर्दै ब्याट फालेर अर्कोतिर जान्छ । पल्ला छेउको अपरिचित पनि त्यही ड्याङको मुला रै’छ । खेल्नै दिन्न भनेर बल लिँदै हिड्छ । झगडा गरेर जित्नु केही छैन । हामी लुत्रुक्क परेर फर्किन्छौँ ।

    यी दुई प्रतिनिधि घटना देखाएर भन्न खोजेको कुराचाहिँ यत्ति हो- दादागिरी र हेपाहा पारा हाम्रो उच्च संस्कार हो । घरमा, सडकमा, स्कूलमा, कलेजमा, “स्वतन्त्र” विद्यार्थी यूनियनमा, यूनिभर्सिटीको उच्च तहदेखि क्याम्पस प्रशासनसम्म, संसदमा, सरकारमा, अदालतमा, संवैधानिक आयोगमा अनि अरू थुप्रै ठाउँमा जसले बल (वा बलको फुस्रो तुजुक मात्र पनि) देखाउन सक्छ, उसैले जित्छ । हामीजस्ता निर्बल हार्छौँ । गुनासो पोख्दै बस्छौँ ।

    संस्कार परिवार र समाजबाट आउँछ रे । जुन परिवार र समाजले आफ्ना सदस्यलाई दादागिरी गर्न सिकाए, म तिनलाई सलाम गर्दछु । आफ्नै बाआमालाई सोध्छु- किन अरूलाई हेप्न, होच्याउन अनि अर्काको मर्कामा हास्न सिकाउनु भएन ? किन त्यस्ता महान् संस्कारका धुरन्धरसित दोस्ती गर्न सिकाउनु भएन ? आज यस्तो निरीह त हुनु पर्ने थिएन न त गुनासो पोख्नु पर्थ्यो ।

    एउटा गुनासो त भगवानसँग परिचित गराउने सँग पनि छ, पोखिहाल्छु । उनीहरू भन्छन्  श्रीकृष्णले अर्जुनलाई भन्नुभयो, “जबजब पाप बढ्छ, म धर्म स्थापना गर्न अवतरित हुन्छु ।” मैले त्यसै होला भन्ठानेँ । अवतार पर्खेर बसेँ । आज म ठान्छु, श्रीकृष्णले त यसो भन्नु भएको थियो, “हरेक युगमा अधर्म हुन्छ । अनि हरेक युगमा धर्म स्थापना गर्ने नायक हुन्छन् । यस युगका नायक तिमी हौ, भारत*!” म यी कारणले आफ्नो मान्यतामा अडिग छु: 

    समय घर्किँदै छ, युग पनि । म युगनायक कुर्दै छु । म आफैँ युगनायक बन्न डराउँछु ।

    • युद्ध छोड्न लागेका अर्जुनलाई मोटिभेट गर्दै हुनुहुन्थ्यो श्रीकृष्ण । त्यस्तोमा अर्जुनलाई तिमी नै नायक हौ भन्दा हुने असर श्रीकृष्ण बुझ्नु हुन्थ्यो ।
    • कुरूक्षेत्रको युद्ध भएको धेरै लामो समयपछि महाभारत लेखिएको हो । श्रुति र स्मृतिबाट नै यो धेरै फैलिएको थियो, लिखितरूपमा आउँदासम्म ।
    • एउटा खेल खेल्नु भएको होला, लहरै बसेर । सुरूको एउटाले कानेखुसी गर्छ दोस्रोलाई । अनि तुरुन्तै तेस्रोलाई दोस्रोले पहिलोले भनेको कुरा भन्छ । क्रम चल्दै जान्छ । अन्तिमकोले सबैले सुन्ने गरी यसो सुनेँ भन्छ । तर पहिलोले त्यसो भनेको हुँदैन । बीचमा कसैले अर्कै कुरा गरिसकेको हुन्छ । हामीले सुने-जानेको महाभारत पनि त्यो खेल जस्तै हो ।
    • हामीले सुन्दासम्म महाभारत इतिहाश होइन, मिथक भइ सकेको छ । पात्रहरू काल्पनिक जस्ता भएका छन् । टेलिभिजनले मिथकलाई नै बढावा दिएकै छ ।
    • म मान्दछु, कृष्णले आफूलाई भगवान् भन्नुभएन । अलिकति तत्व ज्ञान भएकालाई पनि थाहा हुन्छ, आफैँलाई भगवान् भन्न सकिन्न भनेर । श्रीकृष्ण त ज्ञानको सागर हुनुहुन्थ्यो । उहालाई त महाभारतका प्रचारकले पो भगवान् भनेका हुन् ।

    हुन त महाभारतको चर्चा गर्नु यो लेखको उद्देश्य थिएन । तर भगवान् चिनाउनेले यतिसम्म सिकाए कि मैले केही गर्न पर्दैन, भजन र प्रार्थना गरे पुग्छ । मैले पत्याइरहेँ, आफूलाई कर्महीन बनाएँ । अवतार पर्खिएँ । आफूभित्रको दियो छोपछाप पारेँ । र त म जल्दै छु । मेरो कर्मप्रतिको अविश्वासले गर्दा आज म हेपिएको छु । दादागिरीको संस्कारलाई ढोग्दै छु ।

    *(अर्जुन चन्द्रवंशी भरतका सन्तान थिए र संस्कृतका श्लोकमा उनलाई पटकपटक भारत भनिएको छ ।)

    बिदाई डोल्पाली नायक !

    image
    साभार: http://kamzangjourneys.blogspot.com

    सानै छँदा मैले सोधेको थिएँ, “बा, मरेको मानिस काँ जान्छ ?”

    “ह्याँ आ,” भनेर मलाई काखमा राख्दै आकाशमा मुस्कुराइरहेको चन्द्रमा देखाउनुभएको थियो , “उ: माथि हेर् ।”
    मैले चन्द्रमातिर हेरेको थिएँ ।
    … बाले भन्नुभएको थियो- मरेको मान्छे, माथिमाथि अझ माथि जान्छ । चन्द्रमाभन्दा माथि जान्छ । तँ मेरो काखमा बसेझैँ, भगवानको काखमा बस्छ । तँ बेलाबेला रून्छस् नि, त्यसरी कहिल्यै रूँदैन । कहिल्यै दुख्ख पाउन्न । सध्धैँ सुखी हुन्छ ।
          – बुद्धिसागर, कर्नाली ब्लुज

    हिजो पाँच बजेतिर कर्नाली ब्लुज सकेँ । त्यसको ह्याङओभर नमेटिँदै फाेनमा फेसबुक खाेलेँ । नेपथ्यका अमृत गुरूङले ब्ल्याक एण्ड ह्वाइट फोटो हालेका थिए, साथमा डाेल्पाली नायक थिन्ले । क्याप्सन पनि पढेको थिएँ- सम्झनामा आइरहने छाै, यस्तै केही । तर भनेँ नि, म पुस्तककै धङधङीमा थिएँ, त्यसैले हाेशै भएन । ट्विटरमा त्यस सम्बन्धित कुनै गसिप थिएन । यसै पनि मेराे उदेश्य बुद्धिसागरकाे जीवनी खाेज्नु थियाे, भेटिहालेँ सेताेपाटीमा । आफ्नो लक्ष्य पूरा भएपछि म अरू नै काममा लागेँ ।
    आज बिहान अमृत गुरूङको फोटो देखेपछि पो झसङ्ग भएँ । अनि कर्नाली ब्लुजको वाक्यांश याद आयो- मान्छे मरेपछि सधैं सुखी हुन्छ । हिजोदेखि कर्नालीका एउटा छोराले पनि सधैंका लागि सुख पाएका थिए ।

    एरिक भ्याली १९७२ मा नेपाल नआएका भए, नेपालको सुन्दरता बुझ्न १९८१मा उनी डाेल्पो क्षेत्र नपुगेका भए, अनि थिन्लेको आग्रहमा क्याराभान नबनाएका भए सायद ती डोल्पाली नायकलाई कसैले चिन्ने थिएन । भ्यालीको त्यस चलचित्र प्रतिष्ठित एकेडेमी अवार्ड (ओस्कार)मा मनोनयन नभएको भए, थिन्ले दुर्गमका अनेकौं नेपालीझैं अपरिचित रहने थिए । एक चलचित्रले उनलाई प्रशिद्ध बनाइदियो ।

    तर सायद हामीले उनलाई सम्मान दिनै सकेनौँ/जानेनौँ । उनले डोल्पामा मात्रै नभएर कर्णाली क्षेत्रमा नै विकासको माग गरेका थिए । केही हप्ता अघि मात्रै काठमाडौँ आएर डोल्पाका दु:ख निवारण होस् भनेका थिए । आफू क्यान्सरको बिरामी हुँदा पनि आफ्नो गाउँ/ठाउँको बारेमा सोचिरहेका थिए । असली जीवनका यी नायक सबैको उन्नतिको कामना गरिरहेका थिए ।

    हिजो दिउँसो उनी यो दु:खी संसार छोडेर गए । उनी क्यान्सरको बिरामी भए पनि मृत्यु भयो घोडाबाट लडेर । सामान ओसारपसारका लागि घोडा-खच्चर प्रयोग हुने त्यस भेगको बाध्यतामा परेर उनी गए । क्याराभान तान्दै, घोडा दौडाउँदै परिचित भएका उनी क्याराभानको यात्रामा नै वैशाख १२, २०७३ मा दिवङ्गत भए । डोल्पाली नायकलाई श्रद्धाञ्जली !

    सन्दर्भ सामग्री
    १. http://kantipur.ekantipur.com/news/2016-04-24/20160424192121.html
    २. http://nepalitimes.com/news.php?id=13437#.Vx15wjNw31Y

    WHY NOT ME?

    –  Among millions of probable fusions, I became a zygote! WHY ME?

    –  Several thousands die during fetal stage, I survived! WHY ME?

    –  Thousands die at birth, I got a chance to see the world! WHY ME?

    –  Almost thousands bid farewell to the earth before they reach 1 year old, I greeted hello to my parents, relatives and friends! WHY ME?

    –  Hundreds of people die everyday, I have survived to face troubles! WHY ME?

    How wonderful it would be if people thought about previous other questions before talking about the last one! When you are in a trouble, just remember that you have come in this world to do something for the world, not just yourself. If you do so,  I BELIEVE, “WHY ME?” would CERTAINLY be “WHY NOT ME?”

    Our Similarities within Our Differences

    There are more that 7 billion humans and each of us is unique. The difference begins from a small section of DNA- the molecule of life. Extremely minute variations distinguishes me from other people. These variation give me my  genetic identification. My DNA is however, not much varied from yours. If it had varied even by 1%, I would have been an Orangutan, and a variation of 1.5% would have made be a Chimp. We are humans, the most interactive beings in the Earth. We might belong to different sexes, races, ethnicity and speak different languages but the word “Humans” makes us one.

    We might follow the paths paved by different religious sects. I have been guided by the Hindu principles. Some of my friends have been guided by the Buddha, some by Christ and some by Mohammed. Some of them still worship the land on which they live and grow crops. There are still some who don’t believe upon God. Whatever faith they may have, they are my friends and I respect their choices. In fact these choices reflect the society in which they were born. The diversity of human societies is amazing and yet we all believe in one common goal- Happiness. Several paths have been suggested for us to obtain happiness and all of these include Love, Harmony, and Co-existence.

    We might have different hobbies. We might have been doing the works of our hobby; some thinking of doing someday before they themselves perish. Some of us might be outspoken, while some may be introvert. Whatever we do, we seek for pleasure and that is what we live for.

    At last,

    Everything in this Universe is random. For the Earth to be in a habitable zone, for her to conceive billions of organisms out of carbon, hydrogen, oxygen and nitrogen were random events. The origin of humans was random. The life that we got is random. To create an order out of this randomness is within our capacities. No matter how different you are from me, we are heading to the same light of knowledge and recognizing similarities within our differences.