​के पढेलेखेकाले देश बिगारेका हुन् ?

“पढेलेखेका मान्छेले देश बिगारे ।”–कसैले लेखेको थियो फेसबुकमा । पुस महिनामा देखिएको यो पोस्टको बारेमा घरमा छलफल भएपछि डायरीमा टिपेँ । समाज, कलेज, स्कुल र आफैँलाई नियालेँ अनि फेसबुकमा भेटिएको त्यस वाक्यको पक्षमा केही तर्क निकालेँ । ती तर्क पालैपालो राख्छु । आफूलाई पढेलेखेका मान्छेमा राख्छु । यसो गर्दा म आत्मालोचना पनि गरिरहेको हुनेछु ।
१. पढेलेखेकाले सानातिना काम गर्दैनन् । उनीहरू सानातिना काम देख्दै देख्दैनन् । भन्नलाई काम सानोठूलो हुँदैन भने पनि खाना पकाउने, फोहोर सफा गर्ने, झाडी उखेल्ने जस्ता कामलाई तल्लो स्तरको देख्छन् । केहीले त्यस्तो ठानेनन् भने पनि सकेसम्म पन्छिन्छन् । मोबाइल र सामाजिक संजाल ती कामबाट भाग्न सहयोग गर्ने साथी भएका छन् ।

२. पढेलेखेका मान्छे घमण्डी हुन्छन् । मास्टर्स, पीएचडी गरेका विद्वानहरूले जुन सम्मान पाउँछन्, त्यसले गर्दा ती अभिमानी भइदिन्छन् । पीएचडी गर्ने मान्छेले एउटा विषयको सानो अंशमा विद्वता पाएको हुन्छ । तर ऊ यसरी प्रस्तुत हुन्छ कि यस्तो लाग्छ उसले नजानेको केही छैन । पीएचडी ज्ञानको अन्त्य होइन भन्ने बिर्सेर ऊ ठान्छ, “म जति जान्ने कोही छैन । मैले कसैको कुरा सुन्नै पर्दैन ।”

३. नजानेको कुरा ‘मैले जानेको छैन’ भन्न नसक्नु पनि पढेलेखेका मान्छेको अहमको पराकाष्ठा हो । शिक्षकहरू प्रायः यस्तो विमारीका सिकार छन् । विद्यार्थीमा पनि यो रोग सारिदिन्छन् उनीहरू । यो रोगले शिक्षक र विद्यार्थीलाई एकअर्काबाट टाढिन सहयोग गर्छ । शिक्षक र विद्यार्थी नै एकअर्कालाई विश्वास गर्न सक्दैनन् भने राम्रो पठनपाठन कसरी हुन्छ ?

४. आफूले बिगारेको कुरा पनि अरूले सपार्दिओस् भन्ने ठान्छ्न् पढेलेखेका मानिस । अधिकांश समय अरूलाई गाली गर्दै बिताउँछ्न् । कतिपय बुद्धिजीवीहरू त राजनीतिजस्तो तुच्छ केही छैन भन्छन् तर ताक पर्दा राजनीति आफैं गर्छन् ।

५. पढेलेखेकाले कुरा घुमाउन जान्दछन् । शब्दजालमा माकुराले पुतली फसाएझैं फसाउन उनीहरू माहिर हुन्छन् । नियम पनि उनीहरू नै जान्दछन् अनि नियम बङ्ग्याउन पनि । एकछिन कुनै चोकमा गएर उभिनुहोस्, जानाजान ट्राफिक नियम पालना गर्ने पढेलेखेका मानिस सयौं भेटिन्छन् । सरकारी काम नगर्ने, काम छिटो गराउन घुस दिनेहरू पनि पढेलेखेका मान्छे नै हुन् ।

आफूलाई सधैं सही र अरूलाई सधैं गलत देख्ने, अरूका कुरा सुन्न नचाहने, आफ्नो ज्ञान सीमित भए पनि सर्वज्ञ ठान्ने पढेलेखेकाहरूकै कारण हामीले दु:ख पाएका हौँ भन्ने निष्कर्ष पो निकालेँ मैले त । सहमत हुनुहुन्छ ?

Dashain, October 10 and Some thoughts

Dashain, Nepal’s biggest festival, began on the first day of October. Almost all Nepalese festivals are based on Lunar Calendar. So, this was an unusual coincidence. But we don’t commonly use the English calendar. (We call it English. Is it Roman? I’m confused!) You know, it went unnoticed, at least to me, until now.

The second day of Dashain marks the beginning of  Navaratri- the nine days (or nights?). Navaratri literally means nine nights but we worship nine Goddesses these nine days. I’m really confused by the definition.

The Goddesses we worship are the representatives of Nature and Mothers, we say. However, some people kill female foetuses because they want sons. Men believe sons carry on their races. Do they really? 

Genetically  speaking, a son gets a Y-chromosome from their father and an X-chromosome from their (This singular “their” is confusing me now!) mother. Geneticists say, “Y-chromosome is almost empty. Most of the characters in a son are related to their (singular, again!) mother.” While daughters have two X-chromosomes, one from father and one from mother, they seem to carry father’s legacy more than their male siblings.

Practically, legacy and races are carried on by both the sexes. A male and a female give birth to or adopt children, groom them up and those children represent whatever they learn from parents. That’s what legacy is. We are confusing legacy with birth, while it’s actually is karma. (Wow, I can use this word in English without an explanation!) While talking about race, we narrow ourselves into some surname or a community. Why not think about the human race as a whole?

I have been deviated from what I wanted to say. I was talking about Dashain and with it, ‘To eat or not to eat (meat) is the question.’ Bali (sacrifice) is defined by experts differently based on their preferences. Some say, “Sacrifice your animalistic characters.” And some, “Sacrifice your animals.” To me both seem right but I have to follow one. I follow the latter. I eat meat and I can not support the previous. I’m already a devil to them. But being a vegetarian (Is this a polite word? Somewhere I read, it is!) does not particularly mean one is an epitome of goodness. I can point out some people but don’t want to do it here. Find them out yourselves, will you?

I don’t think it would be right to say, “Don’t eat meat because it is bad.” If it were that bad, we would never be introduced to it in the first place. If you want to eat, eat it. If you don’t want, don’t. But don’t show hatred towards those who eat meat. With increasing droughts, desertification, and probable nuclear apocalypse, meat-eating people might find it easy to survive than the rest. Who knows if a lifetime vegetarian will have to eat meat in such a situation? (I remember watching a scene like this in some movie. I don’t remember the name though.) Because at times of wars and apocalypse, moral values don’t matter. Only thing that counts is survival.

I don’t want to debate though. I just want to say that Navaratri has come to an end. The debate thus ends until the next year.

And I want you to celebrate this wonderful day, which has already passed in some Asian countries, and is about to end in less than an hour in Nepal. It 10th of October. 10th day of the 10th month. Calendars tell me it’s World Mental Health Day. (I nearly wrote World Health Day. But Mental Health Day would also be on Health Day according to WHO’s definition.)

If you have been really confused reading this article, all I wanted to say is that I am totally confused over these days. Confused mind might not be a good health indicator but we live confused lives in this confused world. Why should I only feel guilty about it. Let’s share the guilt together. To sum up, I would like to end this article with a comment (I have not copied it except the first sentence- that was the easiest!) on Science Alert’s Facebook page:

Humans are strange. They create moral principles, discuss over what they should do to make their lives peaceful and religious. But they also create weapons for total destruction.

खोइ नागरिक समाज ?

हिजो अचानक यो प्रश्न मनमा उठ्यो । देशमा राजनीतिका नाममा ठगी भइरहँदा, कुटनीतिका नाममा लुटनीति चलिरहँदा अनि राज्य पुनर्संरचना (शब्दै कति गार्‍हो रै’छ टाइप गर्न !)का आवाज उठिरहँदा नागरिक समाज कता हरायो?  दश वर्षअघि राजाको प्रत्यक्ष शासनको विरोध हुँदा “नागरिक समाज” एकदम प्रचलित थियो । नागरिक समाज नभएको भए  २०६२/६३को आन्दोलन नै हुने थिएन ।

तत्कालिन अवस्थामा नागरिक समाजका कसरी बनेको थियो ? के उद्देश्य थिए ? इतिहास नबुझी हुन्न भन्ने ठानेर गुगल सर्च गरेको थिएँ । हिजो नै सेतोपाटिमा चुडामणि बस्नेतको एउटा लेख प्रकाशित भएको रै’छ । उक्त लेखलाई आधार मान्दा त्यो समयको नागरिक समाज तल दिइएका वर्गको समूह पो रै’छ-

  • समाजका केही अगुवाहरू,
  • काठमाडौंमा केही बुद्धिजीवी भनेर कहलिएकाहरू, र
  • सञ्चार क्षेत्र
  • केही गैरसरकारी संस्थाका अगुवाहरू

नागरिक समाजको उद्देश्य थिए- १) माओवादी द्वन्द्वको वार्ताद्वारा समाधान; २) लोकतन्त्र र गणतन्त्रको प्राप्ति; ३) समावेशीकरण; ४) राज्य पुनर्संरचना ।

पछिल्ला दुई उद्देश्य माओवादीलाई मुल धारको राजनीतिमा ल्याउने कडीका रूपमा मैले बुझेको छु । ०६२/६३को आन्दोलनमा ती सवाल कसरी उठेका थिए भन्ने चाहिँ मलाई याद छैन । (म बाह्र वर्षको मात्रै थिएँ नि त !) अघिल्ला दुई उद्देश्यमा जनताको प्रत्यक्ष चासो थियो र राजनीतिक दलको स्वार्थ पनि त्यहीँ गाँसिएको थियो ।

त्यस ताका राजाले शासन आफ्नो हातमा लिँदा दलहरूमाथि जनताको विश्वास नै थिएन । उनीहरूले गर्ने विरोधका कार्यक्रममा जनता जाँदैनथे (रक्तकुण्ड, कृष्ण अविरल) । उनीहरू एउटा माध्यम चाहन्थे जनतासम्म पुग्न । नागरिक समाज त्यस्तो एउटा पुल थियो । त्यही भएर नै नागरिक समाजविना आन्दोलन सम्भव थिएन ।

जनता आन्दोलनमा होमिए । राजाले शासन छोडे । विघटित प्रतिनिधि सभा पुनर्स्थापना भयो । लोकतन्त्र आयो । राजाको शक्ति सीमित भयो । संविधान सभाको निर्वाचन भयो । गणतन्त्र घोषणा भयो । जनताले आन्दोलनमा भनेका थिए- “खबरदार नेतगण धोका देलाउ ।” नागरिक समाजलाई भनेका थिए- “यी नेतालाई मुर्ख्याइँ गर्न नदिनू ।” 

तर लोकतन्त्र र गणतन्त्र आउँदासम्म नागरिक समाज हराउन थालिसकेको थियो ।

सेतोपाटिको लेखअनुसार जतिजति समावेशीकरणको अवाज उठ्यो, नागरिक समाज फुट्दै गयो । जबजब राज्य पुनर्संरचनाको कुरा उठ्यो, नागरिक समाज विभक्त हुँदै गयो । मधेस आन्दोलनले यसमा झन् मद्दत गर्‍यो । क्षणिक उद्देश्यका कारण नागरिक समाज टुक्रिएको हो भन्ने म मान्दछु ।

तत्कालिन नागरिक समाजले देशको मुख्य शत्रुलाई निर्मुल पार्न कुनै कदम नै नचालेको जस्तो म देख्छु । नेपालका मुख्य शत्रु हुन्- अस्थिरता र भ्रष्टाचार । यिनै दुई कारणले गर्दा राजनीतिक दलसँग आजित भएका जनताले राजाको प्रत्यक्ष शासनलाई समर्थन गरेका थिए । यिनै दुई कारणले गर्दा राजाको शासन डगमगाएको थियो । यिनै दुई कारणले भुकम्प पीडित जनताले उचित राहत पाएका  छैनन् । यिनै दुई कारणले नेपाल विदेशी चलखेलको केन्द्र बनेको छ । यिनै दुई कारणले जनता गणतन्त्र देखि नै आजित हुन थालिसके । समस्याको चुरो बुझेर पनि बुझ पचाउने राजनीतिकर्मी र बुद्धिजीवी भनाउदाले गर्दा नै हाम्रा समस्या समाधान नभएका हुन् ।

अफसोस, नेपालका बुद्धिजीवीहरू र सञ्चार क्षेत्र   जातीय, क्षेत्रीय, वर्गीय  रङ्गमा रङ्गिएका छन् । यस्तोमा हाम्रा समस्याहरू झन् बढ्दै छन् । कहिलेसम्म ? प्रश्न अनुत्तरित छ ।

99 years: Is Tri-Chandra showing signs of Old Age?

The Past

When Tri-Chandra College was inaugurated 99 years ago, the then Prime Minister Chandra Shumsher JBR had said, “I have done a mistake. This college will end the rule of the Ranas.”

Though Chandra Shumsher’s division of the Ranas into different classes was among the primary reasons for the fall of Ranas, he was not wrong in understanding the strength of higher education, in changing the society.

The Present

On Sunday, 5th Bhadra, 2073 (23rd August, 2016) the 99th anniversary of Tri-Chandra Multiple College was celebrated. I am not sure what the Tribhuvan University, college administration, students’ union thought about the programme that was organized. Personally, I was not excited. There are several reasons behind my dissatisfaction.

The management of the college is not satisfactory. I am not sure how this college is managed. New students are met first by the cadres of “Students’ Union”. They guide new students well- which is nice. When it comes to handling complex situations, the college administration should guide and help students. The administration, however is almost inaccessible without the mediation of Students’ Union. Because of the inefficiency of the administration, the Students’ Union have been influential over the students as well as the college administration.

There are several unions “for the welfare of students” but none seem to be effective in managing the infrastructures needed for smooth running of the college. The college, divided into two blocks: Ghantaghar block and Saraswati Sadan block, looks better as long as you are outside of the latter. Inside, it has several problems beginning from staffing to the classroom infrastructures.

The Ghantaghar block, the older block gives me a Gothic impression. The building is old. Whitewash has been replaced by mosses and lichens, walls have inhabited ferns and Peepal, the classrooms have infrastructures seemingly from the other century, and the recent earthquake worsened its state even more.

On the Ghantaghar is a Sports Hall. This is also the hall where the 99th anniversary of the college was celebrated. The preparation was evident. The hall looked cleaner than ever. The outside of the hall had been recently painted. The black colour on pillars was painting the hands as well. Grass was cut after more than six months, revealing the junk that had been hidden. No one had cared to throw them, though. (Incomplete preparation, oof!) 

Talking of problems, I must tell you that anyone can enter the college with no restriction, whatsoever. And not all of them come to study. Everyone has seen people smoke marijuana within the college premises. Yet no one does anything to them. There are two reasons, basically: 

1) They can do anything when they are “high”.

2) They have connections with Students’ Union.*

And the weed is dense behind the Ghantaghar block.

And the college has always had ill fame for its gang wars.

I have already talked about academic problems in my earlier post: Why Classes Become Boring.

The Future

Based on the number of students being admitted to the college (which is mostly artificial**), some leaders of Students’ Union had said, “Tri-Chandra should be a university.” 

I had agreed then (when I was a newbie there); I differ now. With the problems the college is facing, and the negligence of administration as well as that of Students’ Union in solving them, the college does not have a bright future ahead. Unless the problems I have mentioned are solved, the college will remain infamous as the centre of gang wars and fights.

* Having a lot of Students’ Union is beneficial to some extent. Nobody dares to touch others because of the the connection they might have.

** The number of students is mostly artificial. Most students admit so that they don’t have to lose a year or two while they try for medical or engineering seats. 

डा. केसीको “आमरण” अनशनको सार्थकता

करिब तीन साता भयो डा. गोविन्द केसीको “आमरण” अनशन सकिएको । यसपटकको आठौं अनशनमा उनले धेरैको समर्थन पाए । के उनको आन्दोलनले देशभरका जनतालाई सुबिधा होला ? के नेपालको संविधानमा लेखिएको स्वास्थ्य सम्बन्धि हकलाई यो आन्दोलनले सहयोग गर्ला ? यी प्रश्नहरूको जवाफ खोजिनेछ यस लेखमा ।

अनशनको शिलशिला

डा. केसीले यसपटक समेत गरेर आठचोटि अनशन बसे । उनको समर्थनमा युवाहरू सडकमा ओर्लिए; सोसल मिडियामा I am with Dr. KC भन्ने नारा लगाए ।  शिक्षण अस्पतालका डाक्टरहरूले स्वास्थ्य सेवालाई असर हुनेगरी आन्दोलनलाई समर्थन (या विरोध) गरिरहँदा जनताको सहज स्वास्थ्य सेवा पाउने हक कुन्ठित भयो भन्न भने मैले हिच्किचाउनु हुँदैन ।

डा. केसीका अनशनको क्रम

असार २१-२४, २०६९ (४ दिन)

साउन २७-भदौ १, २०६९ (७ दिन)

पुस २७-माघ १०, २०७० (१४ दिन)

माघ २५-फागुन ३, २०७० (८ दिन)

फागुन ८-१९, २०७१ (१२ दिन)

भदौ ७-२०, २०७२ (१४ दिन)

असार २६-साउन ९, २०७३ (१५ दिन)

स्रोत: The Himalayan Times

जनतालाई सास्ती

डा. केसीले पाँचौ या छैटौं पटक अनशन बस्दा डाक्टरहरूले आकस्मिक बाहेकका सेवा बन्द गरेको सुन्दा मैले फेसबुकमा गुनासो पोखेको थिएँ- “जनताको सेवा होस भनेर गोविन्द केसीले अनशन  बसेका छन् । अरू डाक्टरचाहिँ सेवा बन्द गरेर समर्थन गर्दै छन् । ठीक उल्टो भएन र ?” मेडिकल पढ्दै गरेका मेरा एक मित्रले जवाफ दिए- “दुर्गमका मानिसको सुबिधाको लागि काठमाडौंका केही जनताले दु:ख पाउनु गलत होइन *।” मलाई चित्त बुझेन; काठमाडौंका जनताले चाहिँ किन दु:ख भोग्नुपर्ने ? तिनै मित्रले मलाई भने- “तिमी त मुर्ख रैछौ, कुरा नबुझ्ने ।” मैले विवाद गर्नु जरुरी थिएन । सायद काठमाडौंवासीले केही सुबिधा त्याग गर्नुपर्छ भनेर मैले नै नबुझेको थिएँ ।

तर एकचोटी चित्त नबुझेपछि अर्कोपटक त्यस्तै कुरा सुन्दा रिस उठ्दो रैछ । डा. केसीको आन्दोलन ताका मेरो परिवारका दुई सदस्यलाई आँखा जचाउनु पर्‍यो । लगियो नजिकैको त्यही आन्दोलन चलिरहेको अस्पताल । दिउँसोको सत्रमा चालीसजना मात्र बिरामी हेर्ने भनिएछ । हुन त एकचलीसौँ नम्बरमा परेर पनि उपचार त त्यही दिन भयो तर त्यसपछि उपचार नै नपाउने पनि त थिए नि ! के शिक्षण अस्पतालका विद्यार्थीले आफ्नो मात्र सुबिधाका लागि जनताको करबाट छात्रवृत्ति पाएका हुन्; गोविन्द केसीको समर्थन गरेका हुन्  ?

डाक्टरका लुकेका स्वार्थ

“डाक्टरको जस्तो कुल्ली काम कसैको हुँदैन,” अस्ति निमेष दाइ भन्दै हुनुहुन्थ्यो मलाई । मैले पनि त्यसै बुझेको हुँ । दिनभर अनेक थरीका बिरामी हेर्‍यो । न खानाको टुँगो छ न बस्नको । राति अर्जेन्ट फोन आयो भने “दिनभरी थाकेको शरीर” पनि भन्न नपाउने । दत्तचित्तकासाथ उक्त पेशामा लाग्ने मानिसहरूलाई म सलाम गर्छु । तर यस पेशाको व्यापारिकरण गरिएको छ भन्ने सबैलाई थाहा भएको तथ्य हो ।

“ठूलो भएपछि डाक्टर बन्नु !” हामीले दशैँमा यही आशिर्वाद पायौँ । हाम्रो समाजले डाक्टरलाई भगवान मान्छ । डाक्टर बन्न गाह्रो छ अनि त्यसपछिको सम्मान चाहिँ अथाह । त्यसैले प्लस 2 साइन्स पढ्दा पनि मेडिकल इन्ट्रान्स भनेर एक्स्ट्रा क्लास राख्छन् । “गुण पनि धेरै खायो भने तीतो हुन्छ” भन्ने नेपाली उखान छ । सम्मान धेरै गर्‍यो भने दम्भ बढ्छ । नेपाली डाक्टरहरूमा पनि दम्भ भेटिन्छ । त्यसैले त उनीहरू अप्रेसन गर्न ढिला पुग्दा कसैले केही भन्दैन तर कोही बिरामी ढिलो पुगोस्, उसको सातो लिन्छन्  ।

दम्भ बोकेका डाक्टरले चलाएका छन् मेडिकल कलेज । त्यहाँ पढ्छन् पैसा पेल्न सक्ने (वा ॠण काढेका) परिवारका छोराछोरी । तिनको उद्देश्य- पैसा कमाउने । ॠण तिर्नु पर्दा अर्को उपाय पनि त छैन । जब कोही बिरामी हुन्छ, ऊ यस्तै स्वार्थले घेरिएको ठाउँमा पुग्छ ।

यस्तोमा एउटा डाक्टर (गोविन्द केसी) लाई निस्वार्थी रूपमा देखाइयो । र त उनलाई धेरैले पत्याए । तापनि उनले काठमाडौंमा दश वर्षसम्म नयाँ मेडिकल कलेज सञ्चालन गर्न नपाइने सहमती गरे सरकारसँग; साथै मनमोहन मेडिकल कलेजको सम्पत्ति नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान (वीर अस्पताल) ले किन्ने व्यवस्था गर्न बाध्य बनाए । यसपालिको सहमतिले निम्नलिखित प्रश्नहरू उब्जाउन सक्छ:

  • काठमाडौंको बढ्दो जनसंख्याको चापलाई अहिले भइरहेका अस्पतालले दश वर्ष थेग्न सक्छन् ?
  • अहिले सञ्चालनमा रहेका मेडिकल कलेजको स्तरोन्नति कसरी र कहिलेसम्म होला ?
  • मनमोहन मेडिकल कलेज सञ्चालकले सुलभ शुल्कमा सेवा दिन्छौँ भन्दा किन दिइएन ? केसीसँग सञ्चालकको व्यग्तिगत टक्कर जस्तो पनि देखियो कि ?
  • निजी मेडिकल कलेज खुल्दैनन पो भन्न खोजिएको हो कि ? वीर हस्पिटलले किन्ने भनेको मनमोहनको सम्पत्ति उसले बेच्न मानेन भने डा. केसीले फेरि अनशन बस्लान ?

नक्कली डाक्टरका सम्बन्धमा

नक्कली डाक्टरको विगविगी भएको यो समयमा गुणस्तरीय सेवा पाउनु त “आकासको फल आँखा तरी मर” भनेजस्तै भएको छ ।सिआइबीले समातेका नक्कली डाक्टर काममा फर्किए रे । डा. केसीको आन्दोलनले यो मुद्दा किन छोएन ? फेरि समावेशी कोटाका नाममा ८८% ल्याउनेले नपाएर ५०% ल्याउनेले मेडिकल गर्न पाउने प्रथा हुने गरी आन्दोलन गर्लान् कि नगर्लान केसीले ? नवौँ अनशनमा (भइहाल्यो भने) चाहिँ सलाइनविनै केसी बस्न सकून् ।

आन्दोलनको सार्थकता

हरेक प्रदेशमा एउटा स्तरीय मेडिकल कलेज सञ्चालनमा आए सबैलाई फाइदा होला । र ती छिटो बनून् । देशका सबै क्षेत्रमा स्वास्थ्यसेवा सजिलो गरि पाइयोस् । व्यापारिक उद्देशले अस्पताल नखोलिउन् । डाक्टरले “हिप्पोक्रेटिक ओथ” ननाघून् । अनि नक्कली डाक्टरले शिर नउठाउन् । 

मेरा पछिल्ला दुई कामनाका सम्बन्धमा केही कुरा नउठेकाले गोविन्द केसीको आन्दोलनलाई म अपुरो ठान्दछु । असल उद्देश्य राखिएको भनिएको अनशनले ती कुरा नसमेटेकाले फेरि यस्तै आन्दोलन नहोला भन्न सकिन्न । तर आन्दोलन गर्न पाउने हक प्रयोग गर्दा कसैको स्वास्थ्य सेवा पाउने हक कुण्ठित नहोस् ।

    [थप कुरा:

    * मेरा मित्रलाई जवाफ (ढिलै भए पनि) 

    केही समय पहिले काठमाडौंवासीले मधेसको समस्या बुझेनन् भन्दै नाकाबन्दी गराए मधेसी दलले । त्यसको विरोध व्यापक भयो । तिमीले के गर्‍यौ मलाई याद छैन तर काठमाडौंमा बस्ने बित्तिकै सुबिधाभोगी भन्ने बुझ्यौ कि कसो ? नत्र अन्त उपचार गर्न नपाएर यहाँ आएका बिरामी पनि त हुन्छन् नि ! तिनले चाहिँ काठमाडौंमा सुबिधा लिन नपाउने भन्न खोजेका हौ कि ? या तिमीहरूलाई आफ्नो ठाउँमा अस्पताल खुल्दैछन्, काठमाडौं आउनु पर्दैन भनेका हौ कि ? तिम्रो तर्क मैले किन नबुझेको रैछु भने नि तिमिले पढ्ने टिचिङ हस्पिटलमा निम्न र मध्यम वर्गीय बढी आउँदा रैछन् । धनीका लागि त ग्रान्डी, वयोधा छँदैछन् । निम्न आय भएकाका लागि आन्दोलन हुँदा किन त्यस्तै आर्थिक स्तर भएका जनताले दुःख पाउने ?
    ** आमरण अनशनमा सलाइन चढाउन हुन्न भन्ने गोर्खाका नन्दप्रसाद अधिकारीले आफ्नू छोराको हत्यारालाई सजाय दिनुपर्छ भन्दा ज्यान गुमाए । उनको समर्थनमा उठेका फाट्टफुट्ट स्वर त्यसै हराए । सायद न्यायलाई व्यक्तिगत स्वार्थ ठाने धेरैले !

    *** यो लेख आउनमा निमेष अधिकारी (माथि निमेष दाइ)को महत्त्वपूर्ण योगदान छ । उहाँको ब्लग पनि पढ्नुहोला ।]

    Trying to understand GPA (. . . Scratching my head. Awww!)

    We (my parents, my sister and I) grew up with the Percentage Marking System. Whatever we obtained in exams was directly converted into percentages. For example, I would get 80% if I obtained 640 out of 800. We were happy. We were satisfied.

    Source: http://media.carbonated.tv

    This year, we were introduced to a new species of marking system- the GPA (Grade Point Average). We did not know what it exactly was. During more than ten months of advertisements about the GPA, neither the government bodies said what it exactly was, nor did the journalists ask anything. (I doubt on question-asking abilities of Nepalese news journalists because of many other cases.)  We obviously asked questions to ourselves but did not know who to consult with.

    The Government published following details about the GPA and corresponding Letter Grades.

    GPA      :   Letter Grades
    4.0-3.6:    A+
    3.6-3.2:    A
    3.2-2.8:    B+
    2.8-2.4:    B
    2.4-2.0:    C+
    2.0-1.6:    C
    1.6-1.2:    D+
    1.2-0.8:    D
    0.0-0.8:    E

    One thing they did not make clear was GPA can’t give actual percentage of which we are more familiar.

    If someone obtains 4.0 GPA, it does not mean that they obtained 100%. According to what I have understood until now, it means that the student has obtained “A+” in all the subjects. As “A+” ranges from 90-100, it may actually denote any number between 90 and 100; the students can not know it, however.

    What our simple minds understood was that 100 marks were compressed into 4 Grade Points.

    We used simple unitary method then.
    If 4 points are equivalent to 100%,
        1 point is equivalent to 25%
    And then we multiplied the obtained GPA with 25 to obtain percentage based on the GPA.
    For example: 3.65 GPA was multiplied by 25 to obtain 91.25%.

    Turns out this is technically wrong in the GPA system. Because GPAs are not true representatives of the actual marks obtained.

    Suppose, you obtained 73 out of hundred (73%) in Mathematics. If you go by the simple unitary method, 73% will be equal to 2.92 Actual Grade Points. However, the under the GPA system, the obtained marks is in the range between 70 and 80 and Grade Points will be assigned accordingly. (B+ or 2.8 on the SLC of 2072 B.S.). This is the how I have understood. (Correct me, please if I have mistaken.)

    That being said, can anyone who has obtained less than 4.0 GPA obtain greater percentage than the one who obtained 4.0 GPA.
    Let’s see a hypothetical example.

    Two students A and B obtained following marks in eight subjects.
    A: 98, 91, 99, 95, 92, 91, 94, 92
    B: 99, 88, 100, 96, 97, 98, 96, 99

    From what we have understood in this article, A has obtained 4.0 Grade Points in each subject. The The actual percentage, however is not 100, but 94.
    Let’s observe B’s marks now. B has obtained 4.0 Grade Points in all subjects except one, which has to be 3.6. The GPA is 3.95. It is less than A’s. But calculate B’s percentage. It is 96.625. B has lower GPA although B’s actual percentage is higher.

    Let’s come back to reality now. We do not know actual percentages. We just know GPAs. While we are naive enough to believe that A is the highest scorer because of better GPA than B, it might actually be an injustice to B.

    Our media is more whimsical than analytical. I have already seen a news on Annapurna Post that a girl is a topper because she has obtained 4.0 GPA. (Her parents and school have claimed it. And we have seen already that they could be wrong.) While I still wish that she be the topper, one cannot be sure unless the actual marks and percentages are known.

    That’s it for now. Yet, I am still scratching my head. I am not yet sure this is the correct explanation. Will you help me if I am wrong? . . . Please?

    गौतम बुद्ध: जन्म, कर्म र हाम्रो धर्म

    सिद्धार्थ गौतमको जन्मका सम्बन्धमा
    करिब २६४० वर्ष अघि बैशाख पूर्णिमाको रातमा यस धर्तिमा अवतरण लिएका थिए सिद्धार्थ गौतमले रानी मायादेवीको कोखबाट- लुम्बिनीमा । विभिन्न कालखण्डमा त्यो पवित्र भूमि विभिन्न देशभित्र पर्‍यो । वर्तमानमा त्यो क्षेत्र नेपालको सिमानाभित्र पर्दछ । लुम्बिनी संरक्षणको दायित्व अहिले नेपालीको काधमा छ । तर त्यसको अर्थ बुद्ध ‘नेपाली’ थिए भन्ने होइन । बुद्धलाई कुनै एउटा देशको नागरिक बनाउन इतिहास र नैतिकता दुवैले दिँदैनन्[१] ।


    यो विज्ञान प्रविधिको युग हो । यस युगमा हरेक विषयमा तथ्य केलाइन्छ । बुद्धकालिन कला, संस्कृति, लेखोटका आधारमा लुम्बिनी नै सिद्धर्थ गौतमको जन्मथलो थियो भन्ने प्रमाणित भइसकेको छ । उनको यात्राको बाटो पनि पहिल्याइ सकेका छन् इतिहासकारहरूले । उनको जन्ममितिमा भने एकमत छैन । खोज गर्नै पर्ने विषय जन्ममिति हो, जन्मस्थल होइन ।

    बुद्धको जन्मथलोको विकासको “गुरु योजना” २८ वर्षअघि बनेको रहेछ । आजको मितिसम्म योजनाले पूर्णता पाएको छैन । केही संरचना बनेका छन् तर ती पर्याप्त छैनन् । बौद्धहरूको चार धाममध्ये प्रमुख लुम्बिनीको विकासमा किन ढिलाइ ? २९ वर्षको उमेरमा त सिद्धार्थले राजपाट त्यागि सकेका थिए, सम्यक ज्ञानको खोजी गर्न । हामी बुद्ध भूमिका संरक्षकहरू किन आफ्ना व्यक्तिगत स्वार्थ त्याग्न सक्दैनौँ ? उनले बाटो देखाइ दिएकै थिए त ।

    सिद्धार्थ र बुद्धका कर्मका सम्बन्धमा

    सिद्धार्थको बाल्यकाल सुखसयलमा बितेको थियो । राजा (गणनायक?) सुद्धोधनले वातानुकुलित तीनवटा महल बनाइदिएका थिए भनिन्छ । यद्यपि भौतिक सुखले उनलाई छुन सकेन । मैले सानो छँदा एउटा कथा पढेको थिएँ, जुन यस्तो छ-

    हरेक वर्ष रोपाइँ सुरु गर्नाका खातिर हलो चलाउन किसानका खेतमा जान्थे । उनलेे छ वर्षका सिद्धार्थलाई साथ लगेका थिए । रोपाइँको तामझाम छोडेर सिद्धार्थ चाहिँ एक्लै बसिरहेका थिए । वरपर कुदिरहेका कमिला हेरेर रमाइरहेका बेला एउटा छेपारोले तिनलाई खान थाल्यो । फेरि हेर्दाहेर्दै एउटा सर्पले त्यो छेपारोलाई निल्यो । एकैछिनमा, त्यो सर्प पनि बाजको आहारा बन्यो । प्रकृतिको समिपमा त्यस्तो अनौठो चक्र देखेपछि उनी गम्भीर हुन थाले । प्रकृतिमा यस्तो नियम किन छ भनेर सोच्न थाले । मनमा आउने दार्शनिक सोच हटाउनकै लागि ती तीन महल बनाइएका थिए । तर सिद्धर्थ प्रकृतिमा फर्किन चाहन्थे । २९ वर्षको उमेरमा उनी फेरि प्रकृतिमा फर्किए । उनले रोगी, वृद्ध र मृत देखे [२]। उनलाई त्यही दिन थाहा भयो पहिलो आर्य सत्य- दु:ख छ । त्यो दु:ख निवारण गर्न सकिन्छ कि सकिँदैन भन्ने विषयको ज्ञान प्राप्त गर्नु नै उनको लक्ष्य थियो जसका लागि उनले व्यक्तिगत स्वार्थको त्याग गरे । लक्ष्यमा सफल भएका कारण बुद्धका नामले चिनिए ।

    दु:खका कारण र निवारणको माध्यम पत्ता लागेपछि उनका मनमा विचार आयो- ‘मैले पत्ता लगाएका कुराहरू अरूलाई सुनाऊँ या नसुनाऊँ । कसैले सुन्ला मेरा कुरा ?’ आम मानिसमा हुने प्रश्न उनमा पनि आएका थिए तर उनले कोशिश गरे । बोधगयामा उनलाई तपस्यामा साथ दिएका दुईजना अनि कुशिनगरमा भेटिएका तीनजनालाई उनले आफ्नो खोजका बारेमा बताए । उनको बोली मधुर हुँदो हो, सरल अनि लोकको भाषामा प्रवचन दिँदा हुन् । त्यसैले त उनको दर्शनबाट प्रभावित हुनेको सङ्ख्या बढ्दै गयो । संसारभर छरिएका बौद्धमार्गीहरूका आस्थाका केन्द्र हुन् गौतम बुद्ध ।

    जन्मबाट होइन, कर्मबाट महान् भइन्छ । सिद्धार्थको जन्म राजकुलमा भए पनि संसारले उनलाई ज्ञानको अद्भुत खानीका रूपमा चिन्दछ । जन्मका आधारमा त उनी क्षत्रिय हुनुपर्ने, युद्ध गर्नु पर्ने तर उनले साधक भएर शान्तिको सन्देश दिए[३] । कर्मले महान् भएका बुद्धलाई म मनैदेखि नमस्कार गर्दछु ।

    हाम्रो धर्म
    मेरो विचारमा उचित कर्म नै धर्म हो । सिद्धार्थ गौतमको धर्म थियो चार आर्य सत्यको ज्ञान हासिल गर्नु, बुद्धको धर्म थियो जनजनलाई आफूले पाएको ज्ञान बाँढ्नु । बुद्धले त्यो ज्ञान नबाँढेका भए के हामी उनको चर्चा गर्थ्यौँ होला ? तर हाम्रो धर्म चर्चा गर्नु मात्रै होइन । हाम्रो धर्म त बुद्धका मार्ग र धरोहरको संरक्षण गर्नु हो । बुद्धका संदेशलाई आत्मसात गरेर नै हामीले उनको सम्मान गर्न सक्छौँ ।

    [१. महान व्यक्तिहरू कर्मले चिनिन्छन् । जन्म त सबैले लिएका हुन्छन् तर केही मानिस मात्रै सत्कर्मका कारण प्रख्यात हुन्छन् । यस्ता महान व्यक्तिहरूले सधैँ सम्मान पाउँछन्, उनीहरू जुनसुकै देशमा जन्मेका किन नहुन ।
    केही वर्षयता नेपालमा बुद्धलाई नेपाली बनाउने क्रेज देखिएको छ । बुद्धको नाम र तस्विर राखेर फोटोशप गरिएका नागरिकता पनि देखिए सामाजिक संजालमा । मन चिसो हुन्छ । हामीले बुद्धको संदेश लिएर शान्ति बाँढ्नु पर्ने हो तर बुद्धलाई नै खिचातानीमा पार्छौँ । नेपाल र भारतका लागि राजनीतिक विषय हुन्- बुद्ध र उनको जन्मस्थल । बुद्धका  शान्ति संदेश रुँदै छन् पुस्तकालयका कुनै कुनामा ।
    २. बुद्धचरीत्रमा भवनबाट निस्किएका  सिद्धार्थले तीन दिन तीन मानिसलाई क्रमशः देखे भनिएको छ- वृद्ध, रोगी र शव । कतै सिद्धार्थले एउटै मानिस त देखेका थिएनन् ? पहिलो दिन सायद उनले एउटा बूढो मानिस देखेका थिए । उनले पहिले कहिल्यै वृद्ध नदेखेकाले उनले चासो लिए होला । भोलिपल्ट सायद ज्ञान भयो कि ती वृद्ध रोगी पनि रहेछन् । तेस्रो दिन सायद ती बूढाको मृत्यु भैसकेको थियो । मानिस किन दु:खी छ र मरेर गएपछि अरूलाई पनि दु:खी किन बनाउँछ भन्ने साधारण प्रश्नले सिद्धार्थलाई बुद्ध बन्न प्रेरित गर्‍यो ।
    ३. बुद्धले मानव शान्ति र विश्व शान्तिको सन्देश दिए । उनले चार आर्य सत्य प्रतिपादन गरे: १) दु:ख छ ; २) दु:खका कारण छन् ; ३) दु:ख निवारण संभव छ ; ४) दु:ख निवारणका लागि अष्टाङ्गिक मार्ग छन् : सम्यक दृष्टि, सम्यक सङ्कल्प, सम्यक वचन, सम्यक कर्म, सम्यक आजीविका, सम्यक व्यायाम, सम्यक स्मृति, सम्यक समाधि ।]