नारीवाद: एक दृष्टिकोण

रावणले अपहरण गरेकी सीतालाई उनको राजा र प्रजाले अपनाएनन् । जीवनका अन्तिम क्षणसम्म वनवासी भइन् । तिनै सीताका “पति” रामले छलले बालीलाई मारेपछी तारालाई “जो तिम्रो पति थिएन, त्यसका लागि शोक गर्नुपर्दैन” भनिदिए । रावणको ध्यान भङ्ग गर्ने मन्दोदरीलाई नङ्ग्याए, अफसोच गरेनन् । कुमारी आमा कुन्तीले आफ्नै छोरोलाई पराइजस्तो व्यवहार भएको सहनपर्‍यो । एक दिन उनका पाँच भाइ छोराले भने, “हेर्नुस् त आमा, हामीले के ल्यायौँ” । उनले नहेरेरै भनिन्, “बाँडेर लिनू” । अर्जुनले स्वयंवर गरेर आएकी राजकुमारी द्रौपदीलाई मान्छेसम्म गनेनन् पाण्डवहरूले । कौरवले पनि रानी द्रौपदीलाई “वेश्या” भने । जुवामा थापे पाण्डवले, हुर्मत लिए कौरवले । विश्वयुद्धको तत्कालीन कारण बन्यो त्यही, जसमा कुरु वंश झन्डै विनाश भयो ।

पुराण/इतिहास/मिथकमा थुप्रै उदाहरण पाइन्छ नारीका दु:खका । हामीले बर्सेनि पढ्ने “स्वस्थानी व्रतकथा”मा सतीदेवीलाई नारायणले छल गरेर जोगी रूपधारी महादेवको हातमा सुम्पिदिन्छन् । कसैको चित्त बुझ्दैन तर “मेरो कर्मले यस्तै पारिल्यायो, के गर्ने” भन्दै सतीदेवी जान्छिन् । सतीदेवीका आमाबाबु भने तिनै छली नारायणलाई पुज्छ्न्, छोरीज्वाइँलाई हेला गरेर । सतीदेवी यज्ञको आगोमा होमिन्छिन् । तिनै देवीलाई देखाएर हज्जारौं वर्ष चल्छ पतिको लाशसँग जिउँदै जल्ने सतीप्रथा ।

“कर्म”को खेल दोहोरिन्छ गोमाको जीवनीमा पटकपटक । भाग्यवादको चङ्गुलमा अझैसम्म नारीहरू पिल्सिएका छन् । पतिव्रता वृन्दाको पति जालन्धर “पार्वतीलाई छल गर्न जान्छु” भन्छ । वृन्दाले पतिलाई त्यति प्रेम गर्दागर्दै पनि जालन्धर बाहिर चाहार्छ । उता नारायण पनि वृन्दालाई छल्न पुग्छन् उसैगरी । नारायणकी पत्नी लक्ष्मीको त नाम पनि आउँदैन । पुराणहरूमा “राक्षस” हुन् वा “भगवान्”, कुनै पुरुषबाट कुनै नारी सुरक्षित छैनन् ।

पुराण र कथाहरूको माध्यमबाट हाम्रो पुरुष अवचेतनमा नै नारीलाई हेप्नुपर्छ र नारी भोग्या मात्रै हो भन्ने पारिएको छ । त्यस्तै, नारी अवचेतनमा पुरुषको “दास” बन्नुपर्छ भन्ने कुरा बसेको छ । नारीवादी चेतनाले अवचेतनका यसप्रकारका गलत कुराका विरुद्धमा बोल्नु पर्छ भन्ने मान्यता संसारभर नै छ । पुरुषको शोषकवादी सोच ढाल्नु नारीवादको मूल उद्देश्य हुनुपर्छ । बोक्सीका नाममा सताइएका, दाइजोका लागि यातना दिइएका, मानव तस्करीमा परेका र यौनिक सन्तुष्टिका माध्यम बनाइएका वास्तविक पीडितहरूको न्याय नै नारीवादको ध्येय हुनुपर्छ ।

तर नारीवादमा “र्‍याडिकलिज्म”(Radicalism) हाबी छ। यो नारीवादले पुरुषलाई गलत मात्र देख्छ । नारीले पनि गल्ती गर्छन् भन्ने कुरालाई नजरअन्दाज गरिदिन्छ । शोषकवादी पुरुषको साटोमा शोषकवादी नारी स्थापित हुनुपर्छ भन्ने गलत मान्यता बोक्नु कदापि सही हुन सक्दैन । कानूनी आडमा पुरुषको जीवन तहसनहस पार्ने प्रवृति बढ्दो छ । पैसाका लागि केही नारीहरूले डिभोर्सको सहायता लिएका छन् । कोही प्रेमी या पतिलाई धोका दिँदै एनजीओ (NGO)को आडमा उल्टो पुरुषलाई नै अप्ठ्यारोमा पार्नेको संख्या पनि बढ्दो छ ।

व्यभिचार, धूम्रपान र मध्यपानलाई स्वतन्त्रताको प्रतीक मान्नेहरूको पनि कमी छैन । यी सब गलत हुन् भन्ने जान्दाजान्दै “पुरुषले गर्न हुने, महिलाले किन नहुने ?” भन्ने नारीहरूको कमी छैन अचेल । असल खराबको पहिचान गर्न सक्ने जुन नारीवादी चेतना छ, त्यसलाई र्‍याडिकलिज्मले ध्वस्त पारेको देखिन्छ ।

पीडित र पीडक जुनसुकै लिङ्गका हुनसक्छन् । केही फटाहा पुरुषका कारण सबै पुरुषलाई अनि केही बदमास महिलाका कारण सबै महिलालाई गलत देख्नु राम्रो होइन । तर एकले अर्कालाई शङ्का गर्ने वातावरण छ । शङ्काले लङ्का जलाउँछ भन्ने उखान छ । अर्थात्, जहाँ एकले अर्कालाई विश्वस गर्नै सक्दैन, त्यहाँ साथ र समन्वय कसरी हुन सक्छ ?

आमालाई पहिलो गुरु मानिन्छ भने घरपरिवारलाई पहिलो पाठशाला । नारीलाई नै घरपरिवार र समाजको सूत्रधार मानिन्छ । यद्यपि परिवार र समाजलाई अघि बढाउने काम नारीको मात्रै होइन, पुरुषको पनि हो । नारी र पुरुषको सहकार्यले नै संसार चल्दछ । “नारीपुरुष एकै रथका दुई पाङ्ग्रा हुन्” भनेर त्यसै भनिएको होइन ।

3 thoughts on “नारीवाद: एक दृष्टिकोण

  1. I enjoyed seeing the lettering and am always in awe of the beauty of such texts even when I have no access to understanding them. So I have hit the like button and not wishing to appear lazy or perhaps imply that I can read your language here. That is not a complaint. I only very recently noticed the ‘enable translator’ option in my own blog admin – and nor am I suggesting you should enable translation although you might prefer to along the way. Best wishes to you Sandeept and I look forward to visiting again (tempted to seek a post I’ve not read yet but have pressing things to do). Next time then. Cheers 🙂

    Liked by 1 person

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.