नेपाली साहित्यमा देखिएका केही निराशाजनक दृश्यहरू

यसै साता महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर प्रज्ञा प्रतिष्ठानले भत्कायो । तर्क थियो, “घर जीर्ण थियो । सबलीकरण गर्न भन्दा भत्काएर नयाँ बनाउन सस्तो पर्ने भयो । नयाँ भवन सङ्ग्रहालय बन्छ । के नराम्रो हुन्छ र ?”

वाहियात तर्क गर्न, कानूनका छिद्र समात्न र दलका पछि लागेर विद्वान हुँ भन्दै हाँक दिन नेपालका प्राज्ञिक भनाउँदाहरूको विशेषता नै हो । उनीहरूमा न इतिहासको चेत छ न त भविष्यको सही योजना नै । ध्यान छ त केबल आत्मरति, अलिकति धन र नचाहिने कुरा गर्न ।

आम सर्वसाधारणलाई महाकवि देवकोटाको घर भत्काइँदैछ भनेर सचेत नगराउने “अभियन्ता” र मिडिया अर्को ठूलो समस्याका रूपमा अघि बढेका छन् । नेपालीमै लेख्ने एकजना “साहित्यकार”को ट्वीटले नेताहरूले रोपेको जातीय/भाषिक द्वेषयुक्त राजनीतिको प्रभाव प्रष्ट देखाएको छ । वर्तमानमा सुधार चाहने, अरू भाषाको उत्थान चाहने उनलाई नेपाली भाषासँग चैं समस्या किन छ ? नेपाली भाषालाई मात्रै महत्त्व दिने नीति कुनै बेला राज्यले लिएको थियो तर अब अरू भाषा संस्कृतिको संरक्षणको कुरा गर्दा नेपालीलाई बाहिर राख्नुपर्ने हो ? कुनै यो विषयमा नाम चलेका “फुल टाइम व्यावसायिक” लेखकहरूको मौनता अर्को दु:खद पाटो हो । इतिहासको सम्मान नगर्ने उनीहरू वर्तमानमा सम्मान पुगेन भन्न कसरी सक्छन् ? भविष्यमा तिनका नाम मेटिँदैन भन्ने के छ ?

अघिल्लो साता मदन पुरस्कारको छनौटमा परेका उत्कृष्ट पुस्तकहरू मध्ये एक पुस्तक यस्तो पनि थियो जसले वर्ग विभेदलाई प्रश्रय दिएको थियो । एक चोटि मात्रै छापिने र प्रिअर्डर गरेकाले मात्रै पाउने भनिएको उक्त कथा-सङ्ग्रह बजारमा सहजै पाइन थालेको सुनेको छु । प्रकाशक र पाठकसँग सिधै सम्पर्क बनाएको, वितरकलाई बीचमा आउन नदिएको भन्ने प्रकाशक अझै पनि नयाँ छापिँदैन भनिरहेका छन् । तर “आउट अफ स्टक” भनिएका ठाउँमा पनि फेरि बिक्री भइरहेको छ । अर्थात् प्रकाशकले प्रिअर्डरबाट मात्रै बिक्री गरेको भने पनि अलिकति सचेत पाठकले त्यो पत्याइहाल्ने स्थिति छैन ।

अनि लेखक भक्ति पनि मज्जैले देख्न पाइयो यो हप्ता । आफूलाई मन पर्ने लेखकको किताबको कमजोरी अरू पाठकले औँल्याउँदा लेखकमाथिको आक्रमण गरेको भन्ने विद्वान् पनि देखियो । पाठकले प्रतिक्रिया दिँदैमा कुनै लेखकका फ्यान त्यसरी उत्रिनु नै अनौठो लाग्यो । यस्तो भक्तिले त लेखकले सधैं पोजिटिभ रिभ्यु मात्र पाउँछ । जे लेखे पनि हुन्छ भन्ने मानसिकता उसमा हाबी हुन थाल्छ । लेखनको गुणस्तर स्वाभाविक रूपमा घट्छ । यो साहित्यको लागि कदापि राम्रो हुन सक्दैन ।

पाठक प्रतिक्रियालाई व्यक्तिगत आक्रमण ठान्ने, प्रकाशकले दिनदहाडै लुट्ने अनि प्राज्ञहरूले प्राज्ञिक धर्म पूरा नगर्ने प्रवृति नेपाली साहित्यलाई अधोगतितर्फ लान उद्दत रहेका छ्न् । सचेत पाठक, पाठकलाई सम्मान गर्ने लेखक/प्रकाशक र सही एजेन्डा बोकेका प्राज्ञ नभएसम्म नेपाली साहित्यलाई सही बाटो देखाउन गाह्रो पर्ने देखिन्छ ।

लेखक गनेस पौडेलको फेसबुक पोस्टले नेपाली साहित्य प्रकाशनका बारेमा उजागर गरेका प्रश्नहरू

हिजो साँझ कुमार नगरकोटी को नयाँ किताब आउनेबारे थाहा पाएँ । ७७७ पेजको, हार्डकभर ज्याकेट, झोला, बुकमार्क सहित मूल्य रू. २०२१ अरे । अनौठो चैं किताब एकपटक मात्रै छापिने रे । त्यसैले प्रि-अर्डर गर्नुपर्ने । जति कपि माग हुन्छ, त्यति नै छापिने रे । मार्केटिङ स्किम राम्रै होला किनकी चर्चा त निकै नै छ (सकारात्मक पनि नकारात्मक पनि) । फेसबुकमा यस सम्बन्धी सूचना देख्नेबित्तिकै “ओहो ! मूल्य धेरै भएन र? किन्नै नसकिने पो रैछ !” हीनभाव मनमा आयो । धेरैले यस्तै कुरा लेखेको पनि भेटेँ । केहीले आफैँ किन्ने, कसैले ग्रुपमा किनौँ भनेको पनि भेटेँ ।

बिहानसम्ममा मूल्यको विषयमा थुप्रै वादविवाद भइसकेछन् । अलि कम मूल्य भएको भए किन्थें भन्नेहरू देखिए । स्किम चित्त नबुझेर जोक बन्नु/गुनासो हुनु स्वाभाविक नै हो । यसैबीच यस्ता गुनासाका बारेमा अर्का लेखक गनेस पौडेलको को एउटा पोस्ट देखापर्यो फेसबुकमा । उनको ७ बुँदे पोस्टले नेपाली साहित्यमा रहेका केही समस्या उजागर गरेको छ ।

यो फोटोको ठाउँमा लिंक नै इम्बेड गरेको थिएँ । लेख्दा लेख्दै ढिलो भो, अकाउन्ट डिएकटिभेट गर्नुभएछ* ! धन्न स्क्रीनसट थियो !!

१. बुँदा नम्बर १ मा पौडेल लेख्छन्

“एउटा कथित पूर्णकालीन लेखकले औसत ३ वर्षमा यौटा किताब लेख्छ ।”

कुनै पनि सिर्जनामा सर्जकको कति मिहिनेत र खर्च परेको हुन्छ भन्ने लेखाजोखा गर्न असम्भव नै हुन्छ । पूर्णकालिन लेखकका लागि त लेख्नु सौख मात्र होइन, माम खाने दाम पाउने काम हो । परिश्रमको उचित पारिश्रमिक पाउनु श्रमिक अधिकार पनि हो । तर लेखकहरूले उचित लेखकस्व पाएका छैनन् भनेर उनी स्वीकार्छन् :

“सम्झौता पत्रमा बढीमा २० प्रतिशत रोयल्टी दिने प्रचलन छ । तर त्यो प्रतिशत देखाउने कागज मात्रै हो । बेस्ट सेलरै भनिएका किताबवापत पनि नेपाली लेखकले औसतमा २ लाख बुझ्छन् ।”

केही दिनअघि साहित्य सम्बन्धि छलफल हुने एउटा फेसबुक ग्रुपमा लेखकले कति रोयल्टी पाउँछन् भन्ने प्रश्न उठेको थियो । त्यतिबेला सालाखाला यति पाउँछन् भन्ने पनि कोही भेटिएनन् । जे होस्, आज जवाफ भेटियो ।
तर पौडेलले सातौं बुदामा रोयल्टी सम्बन्धि कुरा आफ्नो अनुभव हैन भनेका छन् । प्रकाशकहरूले खुल्लमखुल्ला यी कुरा नभन्ने भएकाले उनी आफैंले नभोगी वा आफ्नो नजिकका अरू लेखकले नभनी थाहा पाउन असम्भव छ ।
प्रश्न उब्जिन्छन्:
क) आफ्ना किताब कति बिक्री भए र कति आम्दानी गर्दैछ, त्यसबाट आफूले कति पाउँदैछु भन्ने कुरा थाहा पाउनु लेखकको अधिकार हैन र ? एकएक हिसाब हुनुपर्ने हैन ? ‘विश्वास’को आधारमा बजार कसरी चल्छ ?
ख) अनेकौं कुराहरूको गर्न सक्ने लेखकहरूले सम्झौता अनुसार रोयल्टी नदिने फटाहा प्रकाशकको भण्डाफोर गर्नुपर्ने हैन ? कानूनी उपचारमा ल्याउनुपर्ने होइन ?
ग) पूर्णकालिन लेखकले पनि उचित लेखस्व पाउँदैनन् भने तिनै कथित पूर्णकालिन लेखक र प्रकाशक रोयल्टीबाट बाँच्न सकिन्छ किन भनिरहन्छन् ?
घ) नयाँ साहित्यकारलाई भ्रममा फस्न नदिन स्थापित लेखक र प्रकाशकले सहयोग गरेका छन् त ?


२. दोस्रो बुँदामा रिसाउँदै भन्छन् :

दुई लाखले के यौटा पूर्णकालीन लेखकको ३ बर्ष कट्छ ? कथित सेलिब्रिटी बनाइएको लेखकले दालभात खानु पर्दैन ? रोग लागेपछि राज्य वा चन्दादाता गुहार्नु के लेखकको नियति हो ?

लेखकलाई काम बापत माम खान पुग्ने दाम दिने (र बाँच्न सजिलो बनाउने) जिम्मा प्रकाशकको हो, पाठकको होइन । किनकी उनकै अनुसार पाठकले एउटा किताबमा २००० नै खर्चिए पनि “कथित पूर्णकालिन लेखक”ले बढीमा पाउने ४०० रूपैयाँ हो । ५००० प्रति विक्दा लेखकको हातमा २० लाख हात पर्ने रहेछ । तर यहाँ प्रश्न उठ्छन्:
क) ५००० प्रति बिक्छन् ?
ख) ५००० मात्र होइन, ५०००० प्रती बिकून्, हार्दिक शुभकामना तर एकाध साहित्यकारको ब्राण्ड भ्यालु बढ्दैमा साहित्यको ब्राण्ड भ्यालु बढेको हुन्छ र ? अरू साहित्यकारले पनि सजिलोसँग बाँच्न पाउँछन् ?
ग) प्रकाशकले साहित्यको कन्टेन्ट भन्दा एकाध जनराका साहित्यकारलाई मात्रै पो प्रश्रय दिन्छन् कि ?
घ) नयाँ साहित्यकारलाई प्रकाशकले यसैगरी चर्चामा ल्याउन सक्छन् ? कतै स्थापितलाई मात्रै त महत्त्व दिँदैनन् ?


३. तेस्रो बुँदामा पौडेल लेख्छन् :

मलाई लाग्छ, कुमार नगरकोटीको यो किताब एउटा सिर्जनात्मक मात्रै होइन आर्थिक प्रयोग पनि हो । यस्तो प्रयोगका लागि एउटा उत्कृष्ट किताब चाहिन्छ जुन कल्प–ग्रन्थ छ ।

नगरकोटीको फ्यान फलोइङ देखेर चकित भएको छु । रचना राम्रो पनि होला । तर,
क) लेखक, प्रकाशक र लेखकका मित्रगणले राम्रो छ भन्दैमा उत्कृष्ट हुने ग्यारेन्टी हुन्छ र ?
ख) फ्यानहरूले मात्रै पढ्ने भए पछि उचित समालोचना कसरी होला ? उचित समालोचना बिना लेखकको सिर्जनात्मक ग्रोथ कसरी होला ?
ग) लेखक र प्रकाशकले “खतरा प्रयोग गरेको छु” भन्नु भन्दा पाठकले प्रयोग बुझ्नु र त्यसलाई मन पराउनु राम्रो होला नि, हैन र ?


४. चौथो बुँदामा भन्छन्, “सबै किताब सबैका लागि हुँदैनन्”  र पाँचौँ बुँदामा थप्छन्, “यो एउटा दर्शन हो ” ।

सबै किताब सबैका लागि हुँदैन । मान्छु । जस्तो कि यो किताब मेरो लागि होइन । न बजेटका हिसाबले न कन्टेन्टका हिसाबले । यो किताब धेरै साहित्यझैँ मेरो आधारभूत आवश्यकता पनि होइन । तर यो दर्शन हो भने सर्वसुलभ हुनुपर्छ । जहाँ, जहिले, जसले पनि दर्शन बुझ्न सक्छ । दर्शनले कुनै विभेद गर्न सक्दैन । विभेद गर्ने दर्शन त दर्शन नै रहँदैन ।

त्यसै गरी  पढ्न चाहनेले पढ्न पाउनुपर्छ भन्ने मान्यताले नै पुस्तकको महत्त्व बढेको हो । सबै किताब सबैको लागि नभए पनि सबैको बनाउने प्रयास गर्नुपर्छ भन्ने मेरो मान्यता हो ।

किन्नेले किनिहाल्छ भन्ने सोच पनि एकदम खतरनाक हो । यसले वर्गीय विभेदलाई बढावा दिन्छ । अस्वस्थ प्रतिस्पर्धालाई प्रोत्साहन गर्छ । गुणस्तरमा समेत असर पार्न सक्छ । फेरि बजारले निर्धारण गरेको मूल्य मात्रै किताबको मूल्य होइन । जीवनलाई निर्देश गर्ने किताबको बजार मूल्य नभए पनि त्यो अमूल्य हुन्छ । जति धेरै पाठकको दिलदिमागमा बस्न सक्यो, किताबको मूल्य बढ्दै जान्छ, हैन र ?


५. छैठौं बुँदामा ग्रुपमा किन्दा हुन्छ भनेपछि त असमञ्जसमा पो परेँ । ग्रुप बनाउन सजिलो नहोला । बन्यो भने पनि साना गोजी भएका पाठकको गोजी जोड्दा पाठकको समस्या त हल होला तर के लेखकको गोजी भरिएला ? १० जनाले २००० रूपैयाँ दरको १ प्रति किताब किन्नु र १० जनाले ३०० रूपैयाँ दरको १० प्रति किताब किन्नुमा कुनमा बढी आर्थिक फाइदा लेखकलाई होला ? लेखकलाई लेखेर खान पुग्दैन भनेर सुरु भएको बहस आखिरमा त्यहीँ पो पुग्यो त ।


“कन्टेन्ट इज् द किङ” साहित्य र चलचित्रमा अक्सर भनिन्छ । कन्टेन्ट राम्रो भएन भने ब्राण्ड र कमाइ मात्रैले केही हुँदैन । उदाहरण हो केही महिनाअघि रिलिज भएको डिज्नीको चलचित्र “मुलान” । साहित्यमा पनि स्थापित लेखक (ब्राण्ड) को पछाडी दौडनु एउटा उपभोक्ता (पाठक) का लागि रिस्क हुनसक्छ । किताब पनि एउटा उपभोग्य वस्तु भएकाले अरू सामान किन्दाझैं किन किन्ने, ‘मलाई काम लाग्छ कि लाग्दैन ? मूल्य बढी पो भयो कि ?’ भन्ने प्रश्नहरू गर्ने अधिकार उपभोक्तालाई हुन्छ । नगरकोटीको ब्राण्ड पछि फाल हान्नेले ब्राण्ड भ्यालु बुझेका होलान् तर यो अन्धाधुन्ध उपभोगको भीडबाट अलग रहन चाहेँ ।

नगरकोटीलाई यो स्किमले कति फाइदा गर्ला ? नेपाली साहित्यमा आउँदा दिनमा कस्ता “प्रयोग” होलान् ? नयाँ साहित्यकारलाई कसरी फाइदा होला ? बढी मूल्य राख्दैमा लेखक मोटाउँछन् भन्ने तर्क कति ठीक हो ? आदि इत्यादि प्रश्नको जवाफ छिटै पाइने नै छ !

*पुच्छ्रे टिपोट: सुरुमा “ब्लक खाएँ” लेखेकामा फेसबुकमा पछि त्यसो होइन भन्ने कमेन्ट आएपछि सच्याइएको । “कुतर्क गर्नेलाई ब्लक गर्छु” भन्नुभएको थियो । “बाघ कराउनु, बाख्रा हराउनु” भनेझैं भएछ । क्षमाप्रार्थी क

Examples Jhamak Ghimire has Set

Introduction

On Bhadra 20, 2073 (September 5, 2016) the Madhya Paschimanchal University (MPU) granted Jhamak Ghimire an honorary doctorate. The inspiring litterateur never went to school. Yet, she has received the honour because of her talent in literature. 

Jhamak Ghimire was born on Asar 21, 2037 in Dhankuta. She suffers from cerebral palsy. The neurological condition does not allow her to talk and move her limbs properly. However, she uses her two toes and immense power of observation and  imagination to communicate and create literary works. She has published thirteen books of different genre- poems, stories, essays and autobiographies. Her autobiography, Jeevan Kanda ki Phool (won her Madan Puraskar, the most reputed award in Nepali literature.

Examples she has set

1. Nothing is Impossible

Even with extremely limited movement, if one has healthy mind, nothing is impossible. Though she has never attained school, she gained knowledge on her own. And has become an inspiring figure.

2. Thoughts are Limitless

One may be limited physically but thoughts and imagination have no bounds. She writes as if she has experienced things herself. She has shown her abilities in critically analyzing things she hears and reads.

3. Life is full of Struggles

There are hardships in life. One has to undergo several struggles in life. Ghimire has faced the obstacles of the family, and the society. The obstacles inspired her to revolt against them. Her literary works represent the revolution.

Conclusion

Jhamak Ghimire is an exemplary personality who has challenged her physical weaknesses to inspire people all around the world.*

Note:

*Jhamak Ghimire’s autobiography Jeevan Kanda ki Phool has been translated into English, Hindi, and Japanese languages and is being translated into several other languages.

Source

1. MPU’s circular on Honorary Doctorate to Jhamak Ghimire

2. The Kathmandu Post

3. The Himalayan Times

4. Ratopati

Jhola-An Epic Movie

Introduction

Sati, the first wife of Lord Shiva had jumped into the sacrificial fire in protest of the abuse her parents had done to her husband. Commemorating it, an inhumane tradition continued for thousands of years in which a woman burnt herself alive on the pyre of her dead husband. Women who were saved from the practice were rare. Only Mandev’s mother has been mentioned in the ancient history saved from the tradition. And then there was Rajendra Laxmi, the daughter-in-law of Prithvi Narayan Shah. Thirty one Satis burnt themselves at the death of king of Patan Yog Narendra Malla. During the reign of Laxmi Narsingh Malla, Kaji Bhim Malla was persecuted for a crime he did not commit. His wife, while sacrificing herself on the pyre of her husband, cursed: May the rulers of this country lose their rationality!

image

Jhola (English: Bag) is a movie based on the story of the same name by Krishna Dharavasi (Dharavasi literally translates to- one who lives in the Earth) was the most anticipated movie of 2014. Speaking on the evil practice of Sati, the story of Dharavasi had gained immense popularity- credit to the radio programme Shruti Sambeg and genuine lovers of Nepali literature. What was the custom? What were the pains? Yadav Kumar Bhattarai has shown well as the director of the movie.

As soon as the production declared the making of the movie, everyone was eager to know the development. The movie’s shooting was given utmost importance by the national level magazines and TV shows. The actress, Garima Panta rose to fame. The post-production was keenly watched over. Content, everyone knew. How would it be presented? Major curiosity lied on the presentation of nudity. Complete nudity was mentioned in the story. How it be shown in a movie that had audience of conservative mindset? This curiosity had also made up a newspaper article.

The Movie

The movie opens with a song by Sumnima Singh of Night- the same band I had featured in January. Krishna Dharavasi and his family make a special appearance in the present (2058 B.S.). He discovers a paper (letter) inside a bag left by an elderly man earlier that day and reads it.

The story opens in the year 1971 B.S. at an Eastern Hilly Village of Nepal. The writer of the letter is about 9 or 10 years old while his father is more than seventy years old. Shockingly, his mother is just twenty-seven. As his father lies on deathbed, his mother undergoes many troubles to take care of her son and household.

One day, the old man dies. The boy is then under the care of his uncle and aunt (both older than his mother). His mother is declared a Sati and she is made to perform several rituals before she offers herself to the burning pyre. However, she escapes without the notice of the processors. The boy finds her and takes her away to Manipur, India.

Social Evils and their Eradication

The movie presents some other social evils along with the tradition of Sati. Unequal marriage, treatment by witch-doctors and slavery are the evils of the era movie is based on.

Sati Pratha and Slavery were abolished by the Rana Prime Minister Chandra Shumsher in the years 1977 and 1981 B.S. respectively. But as the movie says- Evils in our society still linger. Widows were burnt once then. Now, they are burnt several times by the society. Unequal marriage, child marriage still prevail. Dowry system is growing up as another evil. Everyone should be united to fight against these evils.

Personal View
The movie has been well presented. Such a presentation is rarely seen in low-budgeted movies of Nepal. Village life in the hills of Nepal has been well depicted. The story is supported by the acting. The illness of the old man seems real. The rituals after his death are well-shown (although there could have been finer details of the procession). The background music is catchy and melodious. The cinematography and the lighting is good, although there is need of improvement at some points. The only thing I felt bad about was the transition between the scenes and the scenes that occur rapidly after the death of the boy’s father.
Overall, the movie is the best literary adaptation in Nepal.

Movie facts:
Director: Yadav Kumar Bhattarai
Story: Krishna Dharavasi
Screenplay: Krishna Dharavasi / Deepak Alok
Music/ Lyrics: Jason Kunwar
Singer: Sumnima Singh
Actors:
Garima Panta
Deepak Chhetri
Deshbhakta Khanal
Laxmi Giri
Sujal Nepal (Lead Child Actor)
Producers:

IMDb Rating: 8.8/10

References
1. Jhola at Internet Movie Database (IMDb)
2. variety.com/2014/film/asia/nepal-picks-jhola-for-foreign-language-oscar-race-1201290740/

You can watch the movie at: https://youtube.com/watch?v=tvSSDYsOHxw