पुस्तक समीक्षा: कथाकी पात्र

सोनुले आफ्नो कोठामा रहेको किताबहरूको सेल्फ देखाएकी थिइन् । सुबिन भट्टराईका “मनसुन” बाहेकका सबै किताब माथि नै थिए । “मनसुन” खासै मन परेको थिएन । सुबिन भट्टराईको किताब पढिहाल्न खासै मन थिएन तर पहिलोपल्ट ससुराली गएको, काम पनि केही थिएन । अल्छी लागिरहेको थियो । मोबाइल चलाएर बस्नुभन्दा किताब पढ्नै ठीक लाग्यो । राम्रो नराम्रो जेसुकै होस्, पढ्छु भनेर “कथाकी पात्र” उठाएँ । सङ्ग्रहका १९ मध्ये पहिले शीर्ष कथा छाने । मन छोयो । अघिपछि गर्दै सबै कथा पढेँ । प्रत्येक कथाको चर्चा (कथासङ्ग्रहमा रहेको क्रमानुसार) छोटकरीमा गरेको छु ।

औडाहा: कथाको पुरुष “म” पात्रले आफ्नो बिहेकै रात आफ्नी श्रीमतीको पहिले अरू नै सँग प्रेम रहेको थाहा पाउँछ । त्यसपछि उत्पन्न छटपटीको यो कथाले पुरुष र पितृसत्तात्मक मानसिकतालाई  एकदम राम्रोसँग देखाएको छ ।

औडाहा: औडाहाकै कथा हो यो । तर “म” पात्र महिला छे । आफ्नो पहिलेको प्रेम सम्बन्धका बारेमा भन्नु हुन्थ्यो या हुँदैनथ्यो भन्ने द्वन्द्वमा ऊ फसेकी छे ।

यी दुवै कथा राम्रो लाग्यो तर समस्या लिएर गुम्सिनुको साटो समाधानला उपाय खोजेको भए हुन्थ्यो भन्ने लागिरह्यो ।

मन परेको साथी: 2nd person narrative कथाहरूमा खासै प्रयोग हुँदैन । तर यस्ता कथाहरू मलाई मनपर्छन् । “तिमी” सम्बोधन गर्दै कथावाचकले आफ्नी प्रिय साथीलाई मनका कुराहरू लेखेको छ । यो प्रेम कथा मन छुने चिठीझैँ छ ।

अन्तराल: “म” पात्रले आफ्नो बाल्यकाल र किशोरावस्थाको कथा यसमा भन्दछ । ऊ दाजु सुमनबाट सानोमा प्रभावित भएको थियो । त्यसैगरी भान्जा प्रज्ञान “म” पात्रले जे गर्‍यो त्यही पछ्याउँछ । तर वर्षौँपछि भेट हुँदा प्रज्ञानले नराम्रो घटनामात्रै सम्झिरहेको हुन्छ । मामाभान्जाको सम्बन्धमा केन्द्रित सुन्दर कथा हो यो, सङ्ग्रहको उत्कृष्टमध्येको एक ।

अर्काकी स्वास्नी: बद्रीकी श्रीमती अङ्गुरी लक्ष्मणसँग भाग्छे । तर बद्री बिरामी छ भन्ने खबर पाएपछि फर्किन्छे । उसलाई फर्काउने जिम्मा “म” पात्रले पाएको छ । तथापि बद्रीसँग उसको केही दुश्मनी छ । बदलाको यो कहानी रोचक छ । अन्तिममा उसले भनेको कुरा साँचो हो या हैन भन्ने कुराले अझै पनि मलाई पोलिरहेको छ ।

तिमी मलाई किन प्रेम गर्छौ ? : “म” पात्रकी प्रेमिकाले “स्वार्थ नभएको कोही छैन” भन्दै यो प्रश्न सोध्छे । “म” पात्रले जवाफ दिन नसकेपछि उसकी प्रेमिकाले दिएको जवाफ एकदम चित्तबुझ्दो लाग्यो । यो जहिले पनि याद आइरहने कथा हो ।

बिहेको निम्तोमा : “म” पात्रकी छिमेकी साथीको बिहे छ । तर अचानक उसलाई अर्को प्रिय साथीको मलामी जानुपर्छ । बिहेमा ढिलो गरी पुगेको उसको हुलिया र अनुहार हेरेर छिमेकीहरू उसलाई हौवामा “देवदास” बनाइदिन्छन् । यो कथामा सामाजिक मनोविज्ञान निकै राम्रोसँग प्रस्तुत गरिएको छ ।

मान्छे, आफू कहाँ हो ?” : फोन सेक्स (डिटेल्ड हैन) समेटिएको कथा हो यो । केटाहरूको मनोविज्ञान देखाइएको छ । तर सङ्ग्रहको सबैभन्दा कमजोर कथा हो यो ।

भ्रम या सत्य ? : “म” पात्रले नेपाल यातायातमा एउटी राम्री केटी देख्छ । केटीले पनि उसलाई बारम्बार हेर्छे । पहिले कतै चिनेको हो कि जस्तो लाग्छ । केटीसँग आँट गरेर सोध्छ । केटीले “महिला सिटमा बस्नुभएको रहेछ, छोड्नुहुन्छ कि भनेर हेरेको । छोड्भएन ।” भनिदिन्छे । यद्यपि महिला सिटमा बसेको कुरा पहिल्यै आइसकेकाले यो क्षणमा जुन पन्च मुखैमा लाग्नुपर्थ्यो, हावामा बत्तिन्छ । अनि कथाले बल्ड्याङ खान्छ । यसर्थ यो पनि एउटा कमजोर कथा हो ।

बर्बादी : “म” पात्र आफूभन्दा बढी उमेरकी पात्रसँग शारीरिक सम्बन्ध राख्छ । यसमा ड्रामा त छ तर एउटा साथीबाहेक अरू गाउँलेलाई थाहै नहुनु चैं त्यति पत्यारिलो लागेन ।

तीन कथा : तीन मिल्ने केटाहरू निमेष, साकार र किशोर (न्यारेटर) सपनासँग पालैपालो प्रेममा पर्छन् । वर्षौँपछी भेट हुँदा अरूसँग बिहे गरेर गएकी सपनाको बारेमा कुरा चल्छ । यी तीन पात्रहरूमा समयसँगै आएको परिवर्तनले राम्रै झट्का दिएको थियो ।

देहरादुन एक्स्प्रेस : “म” पात्र देहरादुनबाट गोरखपुर जाँदा रेलमा एउटी राम्री केटीलाई देख्छ । तर केटी यात्राभरी चुप बस्छे । संकोचले ऊ केटीको सुन्दरताका बारेमा भन्न सक्दैन । पछि अरू यात्रीबाट केटीको जिब्रो उसकी सौतेनी आमाले थुतिदिएको थाहा पाउँछ ।

यो कथाले मलाई ७-८ कक्षातिर गुलमोहरमा पढेको रस्किन बन्डको कथा “The Eyes are not Here/The Eyes Have It” सम्झाइदिएको थियो ।

अपसोस : हिन्दू “म” पात्र मुस्लिम केटीसँग प्रेम गर्न पुग्छ । तर प्रेम असफल रहन्छ । “म” पात्रले पाठकसँग कुराकानी गरेझैँ लाग्छ तर बीचमा यो शैली छुटेको हुँदा एकै शैलीमा लेखिएको हुन्थ्यो जस्तो लागेको थियो ।

घृणा : “म” पात्रको छिमेकमा एउटी बूढी आमै छिन् जसलाई ऊ पटक्कै मन पराउँदैन । तर जब तिनी बित्छिन् उसको मन शून्य हुन्छ ।

कथाकी पात्र : कथाकार “म” पात्र कथा लेख्न सकिरहेको छैन । Writer’s block ले पीडित ऊ आफ्नी श्रीमतीलाई हेर्छ अनि आफ्ना लागि उसले गरेका त्यागहरू सम्झिन्छ । अन्ततः श्रीमतीलाई ऊ आफ्नो कथाकी मुख्य पात्र बनाउँछ । यो कथा राम्रो लागेकैले गर्दा सङ्ग्रहका अरू कथा पढ्न उत्साहित भएको थिएँ ।

बूढो पिज्जा : एउटा बूढोलाई पिज्जा खान मन लाग्छ तर सबैले उसलाई गिज्याउँछ्न् । जब बल्लतल्ल खान पाउँछ, उसलाई मन पर्दैन । बूढा मानिसको इच्छा र त्यसले निम्त्याउँने द्वन्द्व निकै रोचक लागेको थियो ।

भगाइहरू : “म” पात्र आफ्नो बिहेबाट भाग्छ । उसले यसो ठीक गर्यो कि गरेन भन्ने प्रश्न आइरहन्छ ।

मन नपरेको साथी : “म” पात्रलाई केशव मनपर्दैन तर उनीहरू घरिघरि ठोक्किइरहन्छ्न् । बेइमान साथीहरू सम्झाउँछ यो कथाले ।

नदीकिनारको प्रेम : “म” पात्र निरुसँग प्रेम गर्न थाल्छ तर आफ्नो “चेला” गोविन्दसँग उसले प्रेम गर्न थाल्छे । नदीकिनारका दृश्यहरू सुन्दर छन् । तराईको याद दिलाएको थियो ।

“कथाकी पात्र” सुबिन भट्टराईको पहिलो प्रकाशित कृति भए पनि पछिल्ला किताबभन्दा सशक्त देखिन्छन् । एकाध कथाबाहेक उनको प्रस्तुति मीठो छ । कतैकतै जटिल शब्दहरूको अनावश्यक र अपत्यारिलो प्रयोगबाहेक सरल भाषाशैली अपनाएका छन् ।

[नोट: “कथाकी पात्र” पढेपछि “समर लभ” पढ्न मन लागेको थियो । फेरि ससुराली जाँदा पढेँ । तर “समर लभ” मलाई मन परेन । सुरुदेखि नै यसमा समस्या छन् । कथाको प्लट पनि कहीँ पुग्दैन । चाँडै नै यसका बारेमा छुट्टै चर्चा गर्नेछु ।]

घनचक्कर: भुल्भुलैया र भविस्यवाणी

“घनचक्कर” उपन्यास विशाल मिलन केन्द्र, चण्डोलले आयोजना गरेको एउटा प्रतियोगितामा पुरस्कारका रूपमा पाएको थिएँ । पन्ध्र वर्षको उमेर, उपन्यास पढ्ने तीव्र हुटहुटी ! नयाँ किताब समाएपछि बिहानदेखि साँझसम्म नबिसाई पढिसकेको थिएँ । सकिँदासम्म उपन्यासको ‘म’ पात्र सँगसँगै आफू पनि पागल त भइनँ जस्तो लागेको थियो । उपन्यासका राजनीतिक विषय केही बुझे पनि गहिराईमा चाहिँ पुग्न सकेको थिइनँ ।

त्यस यता एसएलसी, बाह्र र ब्याचलर पास गरिसकेपछि “घनचक्कर” पढेको थिएँ । प्रत्येक चोटि नयाँ अनुभव भएको थियो । नयाँ रहस्य खुलेका थिए । देशका घनचक्करहरू अलि बढी बुझ्दै गएर होला ।
मास्टर्स पढ्न कीर्तिपुर भर्ना भएदेखि नै “घनचक्कर” फेरि पढ्ने अनि समीक्षा लेख्ने इच्छा थियो । दरबारमार्ग, शहीदगेट, कालीमाटी, बल्खु हुँदै कीर्तिपुर पुग्दा कयौंपटक उपन्यासका दृश्यहरू आँखामा नाच्थे । बाटामा पुलिसहरू देख्दा घनचक्करको ‘म’ पात्र जस्तै कति पटक झस्केको छु । विश्वविद्यालय र देशको राजनीतिका भुलभुलैयामा रुमल्लिएको अनुभव गरेको छु । त्यसैले होला पढ्ने इच्छा भए पनि यो उपन्यास पढ्न भने डर लाग्थ्यो ।

यसपालि “घनचक्कर”पढ्दा केही भविष्यवाणीलाई ध्यान दिएँ । टावरहरूको पतन र उत्थानको प्रसङ्ग पहिले पनि याद गरेको हो । सत्तामा रहनेले टावरको निर्माणलाई अतिशय महत्त्व दिएको भएर त होला पहाडका टाकुरा र तराईका फाँटमा भ्यू टावर बनाउने ट्रेन्ड चलेको, नयाँ बनेको धरहरालाई ऐतिहासिक भीमसेन स्तम्भ नै पुनःनिर्माण गरेझैं प्रचार भएको ।
टावरहरू जबजब निरङ्कुशताका प्रतीक बनेका छन् तबतब कोही नायक जन्मिएको छ ती टावर ढाल्न । तथापि ती नायक कतै गुमनाम भएका छन् या त प्याजका डल्लामा परिणत भएका छ्न् । यिनमा मानवीय संवेदना नै छैन । आशा गरेका नेताहरूले निराश बनाएका छन् । निरङ्कुशतन्त्रको विरोध गर्नेहरू आफैं निरङ्कुश बनेका छन्, गुच्चा खेलेझैं राजनीति गरेका छन्, शक्ति संघर्षको घनचक्करमा नराम्ररी फसेका छन्, जनतालाई भ्रमको जालोमा फसाएका छन् । यस्तो संघर्षको बीचमा हर कोही धेरथोर पागल भएको छैन र ?

यस बाहेक आफ्नो जीवीकाका लागि गर्नुपर्ने दु:ख, काम र आरामका विरोधाभासमा परेर पनि मानिस घनचक्करमा परेको छ । प्रजातन्त्र र स्वतन्त्रताका आन्दोलन, आन्दोलनका उद्देश्य विपरितका गतिविधि, निरङ्कुशता अनि फेरि प्रजातन्त्रका लागि हुने संघर्ष एउटा यस्तो चक्कर हो जसबाट उम्कन प्रत्येक नागरिक प्रत्येक पल सचेत हुन जरुरी छ । घनचक्करसँग जुध्नु नै यसबाट उम्कने मुख्य उपाय हो भनेर आशावादी विचारमा उपन्यास सकिएको छ ।

यद्यपि देशमा शक्ति संघर्षका घनचक्कर चलिरहेकै छ । सञ्जीव उप्रेती सर उपन्यासको म पात्रझैं आशावादी भएर लोकतन्त्र र निरन्तर पक्षमा उभिनुभएको छ । मलाई नेपाली राजनीति बुझ्न सहयोग गरेको “घनचक्कर” आज पनि उत्तिकै सान्दर्भिक छ । कहिलेकाहीँ लाग्छ, यसमा भएका भविस्यवाणी असत्य भइदिए ! तर शक्ति संघर्ष मानवीय गुण नै हो । त्यसै यो घनचक्कर कहाँ अन्त्य हुन्छ र ?

पुस्तक समीक्षा: सेतो गुलाब

परिचय

अनिश थापाको “सेतो गुलाब” पढ्न थाल्दा उपन्यास ठूलो अपेक्षा थिएन । “सेतो गुलाब”को धेरथोर चर्चा सुनेरै घरमा किनेर ल्याएको थिएँ । किनेको झन्डै एक वर्षपछि बल्ल पढ्ने मौका मिल्यो । किन एक वर्ष लाग्यो मलाई यो किताब उठाएर पढ्न ? “पाठकले पुस्तक हैन, पुस्तकले पाठक रोज्छ” भनेझैं भएको हो कि ? थाहा छैन ।

“सेतो धरती”मा अमर न्यौपाने सेतो रङ्गलाई उजाड र रङ्गहीन जीवनको प्रतीक बनाउँछन् । समाजले श्रीमान् गुमाएका नारीलाई दिने सेतो रङ्ग दु:खको प्रतीक हो । त्यसको विपरित “सेतो गुलाब”मा अनिश थापा सेतो रङ्गलाई सुन्दरता र पवित्र प्रेमको प्रतीक मान्छन् । हुन पनि सात रङ्गको मिश्रणले सेतो रङ्ग बन्दछ । सेतो प्रकाशलाई कतैकतै पवित्रताको प्रतीक मानिन्छ । त्यस्तै सेतो गुलाबलाई समर्पणको बिम्बका रूपमा पनि हेरिन्छ ।

“सेतो गुलाब”मा प्रेम, मित्रता र समर्पणका कथा आएका छन् । किशोर अवस्थाका पात्रहरूको सरल शब्दमा लेखिएको कहानी छ । स्कुले दिनहरू रमाइलोसँग आएका छन् । सँगै आएका छन् कलिलो उमेरको प्रेमका समस्या, करिअरको चिन्ता अनि उत्प्रेरणा जगाउने प्रसङ्गहरू ।

मुख्य पात्रहरू

अभिजित जसको डायरीबाट मूल कथा आएको छ, सजीव छ । अभिजितलाई निकै राम्रोसँग चित्रण गरेका छन् उपन्यासकारले ।

उसको साथी नीर प्रायः उत्प्रेरकको भूमिका निर्वाह गर्छ । यद्यपि उसमा थोरै भए पनि चञ्चलता छ ।

सुयोना अभिजितजस्तै दु:खी पात्र हो, भलै उसको दृष्टिकोणबाट कथा नबुनिएको होस् । तथापि उसले अभिजितलाई गरेको व्यवहार चित्त बुझ्दो भने लागेन । उसको केसले अभिजितलाई पहिलेदेखि नै प्रेरित गरेको भए कथा अझ राम्रो हुने थियो ।

सद्दाम बाहिर हेर्दा हाउडे भए पनि मनको सफा छ । यद्यपि उसको पात्रता अलि कमजोर भएको हो कि जस्तो लाग्यो ।

समस्याहरू

उपन्यासको संरचनामा थोरै कमजोरी छ । पहिलो दृश्य जसमा सुयोनाले अभिजितको डायरी पढ्न थाल्छे, त्यसलाई प्रोलग बनाउन सकिन्थ्यो । फरक न्यारेटर र टाइमलाइन भएको भाग छुट्टै राख्दा उपन्यासको कथानक बुझ्न अझ सजिलो हुन्छ । त्यस्तै अन्तिमका दृश्यहरू इपिलगका रूपमा आएको भए हुन्थ्यो । अभिजितको डायरीको पहिलो कथा (प्लेन दुर्घटना हुन बाट बचेको) पछि फेरि दोहोरिन्छ । यो भागलाई पछि नै राखेको भए पनि हुन्थ्यो जस्तो लाग्यो ।

कतैकतै नामका हिज्जेमा द्विविधा देखिन्छ । धेरैजसो अभिजित लेखिएको भए पनि कतैकतै अभिजीत भएको छ । केही प्रसङ्ग फरक शब्दमा भए पनि दोहोरिएका छन् ।

सबल पक्षहरू

उपन्यास सरल भाषामा लेखिएको छ । slang हरूको प्रयोग राम्रो छ । संरचनामा कमजोरी जस्तो लागे पनि कथा सलल बगेको छ । पात्रहरू प्रायः राम्रोसँग ह्याण्डल गरिएको छ । विद्यार्थी जीवनका विभिन्न आयाम अटाएका छन् । उपन्यासले फिलोसोफी र साइन्स फिक्सन पनि समेटेको छ ।

अन्त्यमा,
“सेतो गुलाब” अलिअलि फिल्मी लागे पनि पात्रहरूको मिलन, बिछोड र सम्झना समेटिएको मीठो उपन्यास हो ।

पुस्तक समीक्षा: झोला

‘झोला’ कथासंग्रहमा प्रसिद्ध आख्यानकार कृष्ण धरावासीका बाह्रवटा कथा राखिएका छन् । यीमध्ये केही पछिसम्म सम्झन सकिने खालका छन् । सबै कथाहरूको छोटो चर्चा गर्दछु ।

पहिलो कथा ‘झोला’ सर्वप्रिय कथा हो । सतीप्रथाको विकराल दृश्य प्रस्तुत भएको यो कथा ‘श्रुति संवेग’मा प्रस्तुत भएको थियो । त्यसपछि नै एउटा अनलाइनमा भेटेको थिएँ अनि बाबाले पढेर सुनाउनुभएको थियो । यस कथामा आधारित चलचित्र पनि बनिसकेको छ जसलाई धेरै प्रशंसा गरिएको थियो । यो कथासंग्रह को सबैभन्दा उत्कृष्ट कथा पनि ‘झोला’ नै हो ।

‘ठेकुवाकी आमा’ पनि मन परेको अर्को कथा हो । ठेकुवाकी आमाले ठेकुवा (छोरा) लिएर राजेन्द्र साहुसँग पोइल गएपछि कथा सुरु भएको छ । उसको विगत बुझेपछि उसले लिएको कदम ठीकै लाग्छ । तर पछि उसले गरेको गल्तीले ल्याएको वियोगान्तले रुवायो ।

‘ती दिन कहिले आउलान ?’ लेखनको दृष्टिकोणले अनौठो छ । यस्तो किसिमको कथा पहिले पढेको थिइनँ । पात्रहरूको नाम नदिई संवाद मात्रै दिइएकोछ । कसले बोलेको भन्ने बुझ्न चाहिँ बुलेट पोइन्ट हेर्नुपर्ने हुन्छ । कुनै आन्दोलन या द्वन्द्वकालको अवस्था छ भन्ने बुझिन्छ यो कथाका संवादमा तर पात्रहरूसँग कनेक्सन नभएकाले खासै मन परेन ।

चौथो कथा ‘उनीहरूले कहिले गीत गाए?’ म पात्रले सानैमा गरेको सोही प्रश्न र उमेर ढल्किएपछि पाएको प्रश्नमा केन्द्रित छ । यसले सामान्य कुरा देखाएर गहिरो भाव बोकेको छ । अर्को कथा ‘साँघु काट्नु’ले क्रान्तिकारीहरूले साँघु (पुल) काटेको कुरालाई एउटा बच्चा ले कसरी बुझ्छ भन्ने कुरा देखाइएको छ ।

‘भो छाड्नुस् ती पुराना कुरा’ले एउटी महिलाका निर्णयहरू प्रस्तुत गरेको छ । यद्यपि पात्रहरूको विकास राम्ररी गरिएको छैन । घटनाहरू कथाकै लागि मात्र भएजस्ता लाग्छन् ।

‘इस्कुस’ कथाले अनौठो यौन मनोविज्ञान समेटेको छ । बिहे गरेको छ महिनापछि श्रीमतीसँग भेट्न हिंडेको ‘म’ पात्रले इस्कुसलाई ‘विशेष’ देखेको कुराले हास्या सिर्जना गरेको छ । ‘विश्वास’ कथाले भने वर्षौंदेखि सँगै रहेका जोडीले पनि कसरी एकअर्कालाई शंका गर्न सक्छन् भन्ने देखाएको छ । यो कथामा शंकाले लंका जलाउँदैन । यो कुरा मनपर्यो ।

जातीय भेदभाव सानै उमेरदेखि कसरी सुरु हुन सक्छ भन्ने कथा हो ‘एउटा सानो केटो’ । ‘म’ पात्रले एउटा ब्राहमण केटोलाई कसैलाई पनि भेदभाव गर्न हुन्न भनेर सिकाएको यो कथा ठीकै लाग्यो ।

‘मह’ कथाले सोझालाई बाठाले कसरी झुक्क्याउन सक्छन् भन्ने देखाएको छ । त्यस्तै माथिल्लो पदका कर्मचारीको मूर्खता र सफाई गर्न पनि तल्लो पदका कर्माचारी पर्खिनै पर्ने “बाध्यता”लाई व्यङ्ग्य गरेको छ ।

‘मास्टरबाबु’ पनि मन परेको कथा हो । यसमा बाहिर एउटा र भित्र अर्को रुप भएको एउटा पात्रको बयान छ । यसको आश्चर्यजनक अन्त्यले मास्टरबाबुप्रतिको हेराइ नै परिवर्तन हुन्छ ।

संग्रहको अन्तिम कथा ‘बसकी केटी’मा बस यात्राका दौरान ‘म’पात्र र उसकी छेउमा बसेकी एउटी केटीको बारेमा छ । ‘म’पात्रका मनमा खेल्ने कुराहरूमा पुरुष मनोविज्ञान देखिन्छ ।

समग्रमा, ३.५/५

View my other reviews on Goodreads

रणहार: अन्तिम मल्ल राजाको मनोदशाको कथा

रणहार [Ranahar]रणहार [Ranahar] by Yogesh Raj
My rating: 3 of 5 stars

“रणहार” मल्लकालिन ‘सो नगरहरू’ (कान्तिपुर, पाटन र भक्तपुर)को कलह, र तीनै राज्यका आन्तरिक कलहले गर्दा गोर्खा राज्यसँग पराजित अन्तिम मल्ल राजा रणजित मल्लको कथा हो । उपन्यासले रणजित मल्लको मानसिकता पर्गेल्न खोजेको छ र केही हदसम्म यसमा सफल छ ।

उपन्यासमा तात्कालिक नेवा: राज्यको सजीव चित्र छ । ‘जुजु’का क्रियाकलापदेखि जनताका दिनचर्यासम्म अटेका छन् । भक्तपुर दरबार, चाँगुनारायण नारायण र न्यातपोलको बारेमा धेरै थाहा नभएका कुरा उपन्यासमा पढ्न पाएँ । भक्तपुर दरबारका अनगिन्ति चोकहरुको बारेमा सबैलाई थाहा नभएको र भित्रबाट कसैले सहयोग नगरेसम्म भेद्न असम्भव भएबाट विश्वासघात भित्र बाटै भएको थियो भन्ने सङ्केत गर्दछ । पृथ्वीनारायण शाहलाई कुमरीमाजुले कमलको फूल दिएको इतिहास पहिले पढेको थिएँ । यसमा आउँदा खुशी भएँ । पछि पृथ्वीलाई गोर्खाका राजा भनेर पटकपटक भनिएको छ । मितछोरा भए पनि उनले गरेको छल देखाउन प्रयोग गरिएको सम्बोधन लेखकको चातुर्य हो । युद्धमा हारेपछि रणजीत मल्लको जुन वर्णन छ, त्यसले स्थीतप्रज्ञको आभास दिन्छ ।

रणजीत मल्लको रणहारको कथा जसरी प्रस्तुत भएको होला भनेर सुरु गरेको थिएँ, त्यस्तो पाइनँ । प्रस्तुतिको शैली अलि अल्छिलाग्दो लाग्यो । कुनै पनि संवाद उद्दरणभित्र छैन, जसले अल्मल्याउँछ । नेपाल भाषाका सबै शब्दहरूको अर्थ दिइएको छैन । तिनलाई पछाडि राख्नुभन्दा फुटनोट बनाएको भए हुन्थ्यो । रणजीतको अपहरणको प्रसङ्ग अधुरो छ । यसले सम्पादनको कमी देखाउँछ । कथा क्रमबद्ध नभएकाले कतैकतै अलमलिएँ । विचारप्रधान उपन्यास भए पनि मदन पुरस्कार पाउन लायक चैं लागेन ।

View all my reviews

Book Review: Dr Sanduk Ruit’s biography could have been brilliant but it lacks lustre

The first time I had heard the name of Dr Sanduk Ruit was in 2006 when he was awarded with the Magsaysay Prize. As uncommon his name sounded to me, the determination to help the poor by treating their eye diseases at an affordable price was also uncommon.

Despite his revolutionary work in treating cataracts and establishment of the famous Tilganga Hospital, Dr Sanduk Ruit is not as famous as he should be. This is probably due to his low-profile attitude, his appreciation for his team, and insufficient media coverage from Nepal. This is a book that helps one understand Ruit and appreciate his hard work in helping the helpless. It gives insight into the strengths and weaknesses of the beloved doctor. It tells about his family, his beliefs and his passion. These factors make the book valuable.

The book is interesting at first. The early life of Ruit engaged me. The hardships of his and his parents’ lives tells a lot about the struggles the blind have to go through in the rural Himalayas. However, their journey to Darjeeling, Dhankuta and later to Kathmandu makes them more privileged than most people in the area. The book has not emphasized this, however, which seemed quite odd to me.

Dr Ruit’s greatest achievement lies in the establishment of a cheap and efficient method of cataract surgery, and the book does wonderful work in capturing that. His work in the Upper Mustang is the best because the team had suffered a lot to reach there and establish a camp. In spite of all the hardships, they were able to restore sights of hundreds. This and several other camps are inspiring.

The non-linear narration gives the feel of watching a documentary. In some places, it is good but in many places, when the timeline shifts from one to another, I felt like I missed an important matter. The non-linearity also means that sentences, paragraphs, and at one instance, a case are repeated.

There are some issues in the book that disappointed me. One is the exaggeration of the caste issue. In the part where Ruit’s parents get married, class could have been an issue instead of caste. But it does not matter because it does not take the narrative anywhere. The wedding is accepted by both the families and there is no pride in them. In the chapters of his childhood in the school at Darjeeling, he is said to have been bullied and he was left alone because of his caste/race. A picture in the book itself, however, tells a different story.

When the doctors of Nepal Eye Hospital refused to follow Ruit’s method, caste system is blamed directly. The reasons are obvious: (1) Ruit’s method had not gone through a proper clinical trial, and (2) people are always sceptical about new technologies that have not appeared in peer-reviewed journals. To bring caste, in this case, was absolutely unnecessary.

This one part of Ruit’s life that made me sad and furious. Ruit pulled off a cheap Bollywood style stunt in order to make Nanda talk to him. This is the worst part, and the most uninspiring. The fact that Nanda, despite being great at nursing, left her job “to look after the family” is also uninspiring. She did what is traditionally expected of women in Nepal. But I felt they could have done so much more, had she and Ruit been together in all their camps.

I wish Nepalese journalists gave more emphasis on inspiring works of common people instead of conspiracy theories and political figures. It’s a wonder we did not have a Nepali book on Dr Ruit before this book came out. The translation of the book has also arrived, but Khagendra Sangraula has not been able to deliver an interesting retelling in Nepali. There is literal translation in most places, including titles, that put me off.

Summary

Book: The Barefoot Surgeon (Sanduk Ruit in Nepali Translation)

Author: Ali Gripper

Rating: 3/5

पुस्तक समीक्षा : जङ्गबहादुर

साधना मासिक सन् नब्बेको दशकको उत्कृष्ट म्यागजिन थियो । यस मासिकका धेरै अंकहरू बाबाले संग्रह गरेर राख्नु भएको थियो, जसमध्ये धेरैजसो डेरा र घर सर्दा हराए । अब केही मात्रै बाँकी छन् । “जङ्गबहादुर” उपन्यास धारावाहिक रुपमा प्रकाशन हुन्थ्यो । गगनसिंहलाई मार्न फत्तेजंग, अभिमानसिंह राना र जङ्गले लिएको सपथ अनि कोतपर्वको विवरण भएका दुई भिन्न अंकहरू अहिलेसम्म पनि सुरक्षित छन् । उपन्यासलाई आधार मानेर सामाजिक शिक्षाको परीक्षामा जङ्गबहादुरको उदयलाई अंग्रेजीमा लेख्ने गर्थें । यो विषयमा मैले पाठ्यपुस्तक कहिले पनि हेरिन । तर बजारमा उपन्यास भेटिंदैनथ्यो ।

यसपाली पुसमाघतिर विशालनगरमा यो उपन्यास अचानक देखेँ । सपनाजस्तो लाग्यो । केही दिनमा पैसा जुटाएर लिएँ तर पढ्ने फुर्सद थिएन । पाँचौँ संस्करण रहेछ । मार्च महिनाको सुरुवातमा जापान भ्रमण ताका सँगै लिएर गएँ अनि पढें पनि । तर थकान अनि किताबमा भेटिएका गल्तीका कारण पूरै पढ्न सकिनँ । फाइनल एक्जाम सकिएपछि चाहिं फेरी थालेँ र पढी भ्याएँ ।

सबल पक्ष

१. उपन्यासले जङ्गबहादुरलाई क्रुर मात्र देखाएको छैन, उनलाई कुन परिस्थितिले त्यस्तो बनायो भन्ने पनि प्रष्ट बताएको छ ।

२. त्यस समयमा भएका षडयन्त्रहरू र हत्याकाण्डहरू कहाली लाग्दा छन् । रानी लक्ष्मीदेवीको उन्माद र राजा राजेन्द्रको अकर्मण्यताले घटनाक्रमलाई अगाडि बढाउन मद्दत गरेका छन् ।

३. कोतपर्व र भण्डारखाल पर्वको चित्रण उत्कृष्ट छ । हत्याका दृश्यहरू सजीव छन् । यसले पारेको प्रभाव माथि पनि लेखिसकेका छु ।

४. जङ्गबहादूरको प्रेमिल पक्ष अनौठो र रमाइलो लाग्छ । यो त्यत्तिकै आएको छैन । जङ्गकी प्रेमिका (पछि पत्नी) पुतलीले जासूस र सलाहकारका रूपमा जङ्गलाई सहयोग गरेकी छिन् ।

५. जङ्ग र उनका भाइहरू बीचको सम्बन्ध राम्रोसँग देखाइएको छ अनि डायमन शमशेरको “सेतो बाघ”को अन्त्यमा भएका घटना (जङ्गका छोरा नातिको हत्या) को बीजारोपण पनि यहाँ गरिएको छ । तर सेतो बाघभन्दा बढी तथ्यपरक छ ।

दुर्बल पक्ष

१. सेतो बाघमा जस्तो लेखकको विचार नै त आउँदैन तर “यसो होला भन्ने कसैले सोचेको भए” भन्ने किसिमका वाक्यहरू दोहोरिइरहन्छन् । यसले कथावाचनलाई अलि कम्जोर बनाएको छ ।

२. चरित्र चित्रण गर्ने केही वाक्यहरू दोहोरिइरहन्छन् । यसले कथालाई छरितो बनाउनबाट रोकेको छ ।

३. अलौ पर्वसम्म विस्तारमा भनिएको कथा त्यसपछि भने सारांश बन्छ । जङ्गबहादुरको बेलायत भ्रमण, मुलुकी ऐनको घोषणा, नेपाल-तिब्बत युद्ध जस्ता विषय केही वाक्यमा समापन हुन्छन् ।

४. जङ्गले इष्ट इन्डिया कम्पनीलाई भारतको सैनिक विद्रोहमा सहयोग गरेको प्रसङ्ग आएकै छैन ।

५. उपन्यासमा प्रिन्ट एरर धेरै छन् । सम्पादनको कमी छ । र पुस्तकको ISBN नहुनु आश्चर्यको विषय हो ।

पुस्तक : जङ्गबहादुर

विधा : ऐतिहासिक उपन्यास

लेखक : श्रीकृष्ण श्रेष्ठ

पृष्ठ संख्या : ३०२

प्रकाशक : कामना पब्लिकेशनस्                      

Battle Royale: PUBG, the movie, the novel

PUBG: “The original Battle Royale game”

PUBG_compressed

My best friend Anish introduced me to PUBG. The concept was simple. Maximum of 100 players dropped into an island fighting each other and the winner was the last one standing. It looked interesting but my phone could not meet its specifications. A couple of months later, Ashok (my friend from college) discovered an emulator for desktop. At least a dozen of us downloaded the emulator and the game. When the game downloaded, it said: “The original Battle Royale game is now installed on your device.”

The term “Battle Royale” intrigued me. I had seen the term before in Wikipedia when I read about the game but I had somehow skipped it. That time, I guess I only wanted to know why the game was popular. I did not give it another thought. While playing the game (and after going through a lot of “funny moments”, which were not so funny), a thought came into my mind, What if I could write a novel based on the game?

That’s why I looked if there was a novel like that. And (unfortunately for my creativity) I found the Japanese movie. Curious, I went through the Wikipedia, movie was actually inspired by a Japanese novel.

Battle Royale: The Movie (2000)

The Kinji Fukasaku movie destroyed my PUBG experience. It was unlike any of the games I had played. It felt scary, tumultuous, and even childish at times, but mostly it felt nauseous. I mean, who would be in a right state of mind when you are forced to kill your friends in an island. Crazy situation dictates crazy measures but the madness of the fifteen-year-olds disturbed me.

The movie, in my opinion, is not the best in terms of execution but the idea itself felt great. What would happen if 42 students are forced to kill each other in an island by the government? The question hooked me till the end. The outcome of the movie was not unexpected. I actually knew who were going to survive but still I hoped Kawada survived. The end of Kitano (former teacher and BR Programme Supervisor) too felt comical and I thought it could have been better.

Battle Royale: The Novel (1997)

battle royale

Koshun Takami, the author of the novel sent the book for a horror competition in 1996. The horror of being killed by your own friend is inexplicable but the book is more like dystopian adventure. The dispute of genre probably helped the book. Takami’s book became a best-seller and controversial because of its violence. It was banned in several countries. Even the Diet (Japanese legislature) was interested. Then later, it was made into a movie. I felt so excited when I read this history.

And I (wrongly) thought the movie was dark! The novel is even darker. It’s been inspired from the Pro Wrestling Battle Royale as described in the “Introduction” section. (You must have noticed a real long list of inspirations by now.) “I feel like puking,” Shuya Nanahara and Shogo Kawada say often in the book. That’s what I felt. Yes, the novel is even more nauseous than the book.

The book explains the motive behind the initiation of the Battle Royale Programme aka the Programme clearly than that in the movie. It goes in length inside the minds of each character to give the reader complete information about them. This scheme is great mostly and feels boring at times, but I love Takami for taking the risk. The end of the Programme Supervisor Kinapatsu Sakamochi is not comical but I did not feel the satisfaction. I wanted Nanahara to kill him instead of Kawada. Kawada did have personal issue with the government and Sakamochi is a government official but Nahahara had a personal vendetta against him. Sakamochi had raped his caretaker Anno and had killed his brotherly best friend, Yoshitoki Kuninobu.

Differences

Both the Battle Royale novel and the movie have the same basic premise: 42 students forced to kill each other by the government. However, the novel is about the revolt against atrocious Fascist government, while the movie is about the adult-teenagers (teacher-student) relationship. The attack on Kitano in the beginning and then his love for the disciplined Noriko (despite being the Program Supervisor) emphasize this. The movie also might have been made in a lighter tone to make it approvable for 15+.

The book is not just about the teenagers and the adults. It is about the system that has been economically successful but does not tolerate protest. Any protester is a threat to the government who is removed immediately. The Programme is about creating mistrust among people, to keep them divided and to rule upon them. It is a story of how three students deceive the government by trusting each other—an act that was totally unexpected in the state of chaos. Government is the villain in the book. Kinpatsu Sakamochi is only a scratch in a very long and webbed list of villains.

PUBG, on the other hand is a sort of distraction to the youth. A way to let out your frustration so that you can start something anew in an efficient manner. (I am reminded of Fight Club, which I watched today.) The game is addictive and I love the way it has been executed. However, in some years I feel it is going to fade away. I don’t know why. I just feel it. (Let’s say like Kawada’s sixth sense in the novel.)

To conclude this review…

I found the book and the movie influential, though the movie has a lot of issues. (Stephen King and Quentin Tarantino haven’t praised them just to make them popular.) Battle Royale also inspired gaming franchises, which will keep on increasing the popularity of both the book and the movie.

I still have a lot of things to say about Battle Royale—book and the movie, as well as some of the individual characters. I won’t include all of them here. I will come up with more essays on this topic. (That’s a sort of influence, isn’t it?)

पुस्तक समीक्षा : सेतो धरती

“भगवान् छ्न् नि !”

उपन्यासको अन्तिम संवादले मन उथलपुथल भयो । यसपछिका वाक्यहरूतिर मन जानै मानेन । आँखाले पढेँ, मनमा आएनन् । यही संवादमा उपन्यास सकिएको भए हुन्थ्यो जस्तो लाग्यो । चलचित्र भएको भए त्यो संवादको अन्त्यमा बुढेसकालमा भेटिएका दुई बालसखा देवघाटको एउटा कुटीमा गएको दृश्य “टप शट” बाट देखाइन्थ्यो होला । किन हो मेरो मनमा यस्तै दृश्य कैद भइदियो ।

Photo obtained from: Twitter.com/ageingnepal. No copyright infringement intended.

यो संवाद चानचुने होइन । उपन्यासकार अमर न्यौपानेको मन भेदेर उनलाई बालविधवाका विषयमा कलम चलाउन उत्प्रेरित गर्ने वाणी हुन् यी । त्यसैले पनि यही संवादमा “सेतो धरती”को अन्त्य भए हुन्थ्यो भन्ने लाग्यो ।

“भगवान् छ्न्” भन्दा वृद्ध ताराले आफूभित्रको भगवान् चिनेकी हुन् भनेर लेखकले प्रष्ट नलेखिदिएका भए वैचारिक बहस र विश्लेषण हुन्थ्यो होला यी तीन अक्षरलाई आधार बनाएर । उपन्यासकारले भने आफूलाई त्यो वाणी सुनाउने वृद्ध आमामै भगवान् देखे सायद ।

***

तारा, यमुना, पवित्रा र गोविन्द

यी चार पात्र एकै ठाउँबाट छुट्टिन्छ्न् अनि भेटिनछ्न् एकै ठाउँमा । भिन्नभिन्न शैलीबाट जीवन बाँचेका यी पात्रहरू अन्तिम क्षणमा भगवान् समीप पुगेका छन् । उपन्यासमा भनिएझैँ यी पात्रहरू नदी हुन् जो देवघाटरूपी तलाउमा बग्दै आइपुगेका छन् । अब त्यहाँबाट एउटा मात्रै बाटो छ । माथी । अर्थात्, मृत्युु । यमुना, पवित्र र गोविन्दसँग ताराको बिछोड र संगमले उपन्यास “फुल सर्कल” (Full circle) बनेको छ ।

***

वैवाहिक प्रचलन: केही अकल्पनीय परिदृश्य

“सेतो धरती” बालविधवाका विषयमा लेखिएकाले यसमा बालविवाहको प्रसङ्ग स्वतः आउने नै भयो । पाँच वर्षकी बालिकाको (ताराकी बहिनी) समेत विवाह हुने कुरा मनै चिर्ने खालको छ । तारा आफैँ सात वर्षकी भएकाले उसका लागि विवाह पूजा, खेल र सपनाजस्तो भयो । तर खेलजस्तो विवाहले उसको जीवन नै वर्वाद भयो ।

आफ्नो जेठो छोराको उमेरकी केटीसँग जब ताराको “बा”ले बिहे गर्छ, चकित हुन्छु । तारालाई समाजले अर्को बिहे गर्न रोक्छ । तर ताराभन्दा कान्छी केटी बिहे गर्न समाजले उसका बालाई उकास्छ । उसका बा पनि राजी हुन्छन् ।

यस्तो अनमेल विवाहले ल्याउँछ अनौठो परिदृश्य । एकै उमेरका ताराका जेठो भाइ र “सौतेनी आमा” खेल्छन् बिहेको खेल । उमेर बढेसँगै उनीहरूको जिस्काई र हिमचिम देखेर तारा गर्छे शंका । सौतेनी आमाको पहिलो छोरामा देख्छे आफ्नो भाइको रूप !

बहुविवाहका प्रसङ्ग पनि उपन्यासमा आएका छ्न् । एउटीलाई पाउन पहिले अर्कीलाई बिहे गर्ने यमुनाको पति अनि गाउँकी दुलहीलाई अनपढ भनेर “आधुनिक” शहरीया बिहे गर्ने गोविन्द दुवै विकृत मानसिकताका उपज हुन् ।

***

यौनिकता र मातृत्व

“कपडा नलगाउँदा सधुवा र ममा के फरक छ र ?” ताराले गरेको यो प्रश्न उनीमाथि समाजले लगाएको बन्देजको उपज हो । कुण्ठित उसको मनले सधैँ उसलाई पिरोलेको छ । उनमा सन्तान जन्माउने क्षमता हुँदाहुँदै समाजले बनाएको दायराले गर्दा ऊ सन्तान जन्माउन पाउँदिन । उनको मातृत्व समाजलाई अपाच्री हुन्छ । समाजले उनलाई बाँधेर राखेको छ ।

तारा को ठीक विपरीत छे पवित्रा । ऊ समाजको जञ्जीर तोडेर नर्तकी, वेश्या, र एकल आमा पनि बन्छे । जीवनको उत्तरार्धमा ऊ कुण्ठारहित जीवन बाँच्दछे । पवित्राका भोगाई र यमुनाको वैवाहिक जीवनको प्रसङ्गहरूले ताराका कुण्ठित मनको वेदना छ्ताछुल्ल पारिदिएका छ्न् ।

***

अन्त्यमा,

उपन्यासमा केही कुराहरू दोहोरिएका जस्ता लाग्छन् भने केही कुरा अधुरा । जस्तै, यमुनाको यौन जीवनका कुराहरू दोहोरिएर आएका छन् । त्यस्तै, एकपटक आफ्नी बहिनी भेट्न भनी गएकी तारा बहिनीको घरै पुग्दिन । उता, वर्षौँदेखी हराएको ताराको कान्छो भाइ देवघाटमा आइपुग्छ तर उसको कहानी थाहा नपाउँदा त्यो कुरा नै नभनिएको भए हुन्थ्यो जस्तो लाग्छ ।

सामान्य कथा बोकेको सामान्य शब्दहरूमा लेखिएको “सेतो धरती” सामान्य उपन्यास भने होइन । लेखक न्यौपानेले भनेझैँ यो अनुभूतिमुलक आख्यान भएकाले नै यो सशक्त बन्न सकेको हो ।

***

“सेतो धरती”

विधा: उपन्यास

लेखक: अमर न्यौपाने

पृष्ठ: ३७३

“So it goes!”: A take on Slaughterhouse Five

I had never heard about Dresden, I had never heard about Kurt Vonnegut though I think I had heard the book’s name somewhere (I am not so sure) before I watched the Crash Course Literature videos on Slaughterhouse Five. At the end of those two videos, I felt I must read the book.

The first chapter of the book which seems like a preface or the background, is about Vonnegut trying to write a book on Dresden for more than 23 years. He thinks he can do it but cannot pull it up. While still writing the preface, he also adds a case of dialing a wrong number, which we know later on,  had been received by Billy Pilgrim–the main character of the novel. After he meets O’Hare’s wife Mary, he promises that he would not glorify war and call it the Children’s Crusade. Therefore, the Slaughterhouse Five is also known as The Children’s Crusade: A Duty-Dance with Death.

Billy Pilgrim’s Plot (Summary and Analysis)

Billy Prilgrim is a prisoner of war (POW) in Germany but he can time-travel. He can be in the moments of past, present and the future. Vonnegut says, “Billy has come unstuck in time.” The life of Billy Pilgrim is not shown in chronological order. In one moment he is a soldier, in another he is a twelve-year-old boy and quickly, he becomes an old optometrist who lives with his daughter in Ilium. He sees his infancy, childhood, adulthood, old age and even death.

On the day of his daughter’s wedding, he says he had been abducted by the toilet plunger-like aliens known as the Tralfamadorians. Billy says that he had been to the alien planet for years but nobody missed him because the aliens had warped the time in such a way that years would become less than seconds on the earth. The Tralfamadorians are able to see the fourth dimension–time and they can go to the moments again and again. The linear concept of time is absurd to them. On free-will, a Tralfamadorian says:

“If I hadn’t spent so much time studying Earthlings,” said the Tralfamadorian, “I wouldn’t have any idea what was meant by ‘free will.’ I’ve visited thirty-one inhabited planets in the universe, and I have studied reports on one hundred more. Only on Earth is there any talk of free will.”

–Chapter 4, Slaughterhouse Five, Kurt Vonnegut

The Tralfamadorians believe that what has to happen will happen. They cannot change the moments that have happened and will happen. They can see every moment that will occur but they can’t change the bad moments. They look for the good moments and find peace in it.

Billy Pilgrim himself has no free will. When he is twelve, he does not want to swim but his father forces him into the swimming pool. He does not want to come out of the water but it pulled out. He did not imagine marrying Valencia, yet he does. He wanted to die in the war but he survives instead of the characters around him who wanted to survive.

Billy Pilgrim also tries to find moment of happiness and solace but he never finds such an instance. In all the above examples, he is unhappy. Even in the moments he tries to be happy, he is reminded of the war and deaths. As the story progresses, we know that Billy cannot speak about the war to anyone and that has resulted in a mental disorder.

Billy’s mental instability is the result of the losses of his mother, his wife, his father-in-law and most of all, his experience during the war in Germany and in addition to that the fictions of Kilgore Trout. Despite his psychological imbalance, he is saner than the people who thought that bombings on Dresden were justified. Dresden was not a strategic point for warfare, there were no industries that produced weapons and hence, there was no logic behind the attack. Thousands of lives were lost for the show of unnecessary pride.

“So it goes”

This is a repetitive phrase throughout the novel. According to Nick Greene (2014), the phrase is repeated 106 times. Whenever death and destruction are mentioned, the phrase comes up. It is in accordance with the Tralfamadorian concept of time, life and death. The death is inevitable but there is nothing to worry about it. In other moments a dead person would always be alive.

I found this “Tralfamadorian” concept similar to the Bhagavad Geeta where Lord Krishna says to Arjun that there is no need to worry for someone’s death. The death is pre-determined. It’s not in the hands of humans to change it. And there is no need for regretting that.

Billy Pilgrim, too tries to take things as his fate and accepts that he had no power to change them. But it’s too difficult to get out of the trauma he feels. “So it goes”, might give him solace for a while but it is not a statement he wants to follow. It’s been dictated upon him by fate.

Some Memorable Quotes:

“Billy had a framed prayer on his office wall which expressed his method for keeping going, even though he was unenthusiastic about living. A lot of patients who saw the prayer on Billy’s wall told him that it helped them to keep going, too. It went like this: “God grant me the serenity to accept the things I cannot change, courage to change the things I can, and wisdom always to tell the difference.” Among the things Billy Pilgrim could not change were the past, the present, and the future.”

–Chapter 3, Slaughterhouse Five, Kurt Vonnegut

“Everything is all right, and everybody has to do exactly what he does. I learned that on Tralfamadore.”

–Billy Pilgrim

“It was peaceful in the ruins.”

“American fighter planes came in under the smoke to see if anything was moving down there. They saw Billy [who was also an American] and the rest moving down there. The planes sprayed them with machine-gun bullets, but the bullets missed.”

“The blind innkeeper said that the Americans could sleep in his stable that night, and he gave them soup and ersatz coffee and a little beer.

“Good night, Americans,” he said in German. “Sleep well.””

[Americans had destroyed Dresden only two days ago. These lines brought tears to my eyes.]

 

References:

SparkNotes Editors. (2002). SparkNote on Slaughterhouse-Five. Retrieved September 10, 2017, from http://www.sparknotes.com/lit/slaughter/

Greene, N. (2014). 15 Facts About Slaughterhouse-Five. Retrieved September 10, 2017, from http://mentalfloss.com/article/58888/15-things-you-may-not-know-about-slaughterhouse-five/