पुस्तक समीक्षा: चीरहरण

गुरु व्यास जयन्तीको दिन गुरु व्यासको सबैभन्दा चर्चित कृति महाभारतमा आधारित चीरहरण पढेर सकियो । नीलम कार्की निहारिकाको यो नेपाली उपन्यास पढ्न सकिन्छ कि सकिँदैन भन्ने द्विविधा थियो सुरुमा । मैले आजसम्म पढेका मध्ये सबैभन्दा ठूलो हो यो पुस्तक । त्यहीपनि कथानकमा जुन ‘फ्लो’ छ, त्यसले ५२२ पृष्ठ पढ्न धेरै समय लागेन ।
चीरहरण महाभारतभन्दा पृथक छ र छैन पनि । पृथक यस अर्थमा छ कि यसले महाभारतका नारीपात्रहरूका सुख, दुःख, पीडा र समस्याहरू देखाइएको छ । पृथक यस अर्थमा छैन कि यसले महाभारतको कथा (मैले जानेसम्म) परिवर्तन गरेको छैन । महाभारतमा रहेका जादुमयी कुराहरू, उदाहरणका लागि गुरु व्यासको जन्म, लाई जस्ताको तस्तै प्रस्तुत गरिएको छ ।

उपन्यासको सुरुवात जादुमयी छ । कुनै जलाशयमा सुभद्राबाहेकका सबै पात्रहरू आएका छन् । पालैपालो आफ्ना कथाहरू राख्छन् । पहिलो पुस्ताको पात्र सत्यवतिबाट महाभारतको कथा सुरु हुन्छ । दोस्रो पुस्ताको प्रतिनिधित्व अम्बिका र अम्बालिकाले गरेका छन् । तेस्रो पुस्ता कुन्ती र गान्धारी अनि चौथो पुस्ताका नारीका रूपमा द्रौपदी, चित्राङ्गदा, उलूपी र भानुमती वक्ताका रूपमा आउँछन् ।

पहिलो देखि चौथो पुस्ता (अझ पाँचौं) सम्म आइपुग्दा नारीले भोग्ने समस्या उस्तै छन् । सत्यवतीको वर्णन पढ्दा पीडा, आश्चर्य र साहनुभूतिका भावना जाग्छन् । त्यस्तै की दिदी अम्बाको पीडामा आँसु बग्छन् । अम्बिका र अम्बालिकाले पतिको मृत्यु पछि व्याससँग गर्ने नियोगका बारेमा जानकार हुँदाहुँदै पनि मलाई चकित पारिदियो । गान्धारीको हठात् गरेको आँखामा पट्टी बाँध्ने प्रणले पारेको असरको बारेमा सायदै कसैले याद गरेका होलान् । अनि कुन्ती र माद्रीले भोग्नुपरेका दु:ख र पतिको मृत्युमा सती जानुपर्ने विषयमा भएका वादविवाद र मत-मतान्तर दु:खद छन् ।

उपन्यासको आधाभन्दा बढी भाग द्रौपदीको कथाले लिएको छ । शिर्षक नै चीरहरण भएको र महाभारतको पनि क्लाइमेक्स द्रौपदीसँग जोडिएकाले होला । द्रौपदीको इतिहासमा पीडा, क्रोध र विद्रोह छ ।

उपन्यास समग्रमा विद्रोही किसिमको छ । पात्रहरूमा बारम्बार विद्रोहको आकांक्षा आउँछन् तर फेरि धर्म र कर्मको नाममा दबिन्छन् । सबै पात्रहरूले कुनै न कुनै समयमा सम्झौता गर्छन् । चीरहरणले धर्म र बाध्यता को नाममा महिलाप्रति हुने विभेद र अत्याचारका विरुद्धमा धावा बोलेको छ ।

उपन्यास राम्रो हुँदाहुँदै पनि बारम्बार दोहोरिने वाक्य, वाक्यांश र संवादले अलि झिंझो लाग्छ । उपन्यासमा थुप्रै गल्ती पनि भेटियो । ५२२ पृष्ठ सम्पादन गर्नु सजिलो कुरा होइन तर गल्ती नभएको भए अझ राम्रो हुनेथियो भन्ने मेरो विचार हो ।

पुस्तकको नाम: चीरहरण

लेखक: नीलम कार्की निहारिका

पृष्ठ सङ्ख्या: ५२२

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s