​के पढेलेखेकाले देश बिगारेका हुन् ?

“पढेलेखेका मान्छेले देश बिगारे ।”–कसैले लेखेको थियो फेसबुकमा । पुस महिनामा देखिएको यो पोस्टको बारेमा घरमा छलफल भएपछि डायरीमा टिपेँ । समाज, कलेज, स्कुल र आफैँलाई नियालेँ अनि फेसबुकमा भेटिएको त्यस वाक्यको पक्षमा केही तर्क निकालेँ । ती तर्क पालैपालो राख्छु । आफूलाई पढेलेखेका मान्छेमा राख्छु । यसो गर्दा म आत्मालोचना पनि गरिरहेको हुनेछु ।
१. पढेलेखेकाले सानातिना काम गर्दैनन् । उनीहरू सानातिना काम देख्दै देख्दैनन् । भन्नलाई काम सानोठूलो हुँदैन भने पनि खाना पकाउने, फोहोर सफा गर्ने, झाडी उखेल्ने जस्ता कामलाई तल्लो स्तरको देख्छन् । केहीले त्यस्तो ठानेनन् भने पनि सकेसम्म पन्छिन्छन् । मोबाइल र सामाजिक संजाल ती कामबाट भाग्न सहयोग गर्ने साथी भएका छन् ।

२. पढेलेखेका मान्छे घमण्डी हुन्छन् । मास्टर्स, पीएचडी गरेका विद्वानहरूले जुन सम्मान पाउँछन्, त्यसले गर्दा ती अभिमानी भइदिन्छन् । पीएचडी गर्ने मान्छेले एउटा विषयको सानो अंशमा विद्वता पाएको हुन्छ । तर ऊ यसरी प्रस्तुत हुन्छ कि यस्तो लाग्छ उसले नजानेको केही छैन । पीएचडी ज्ञानको अन्त्य होइन भन्ने बिर्सेर ऊ ठान्छ, “म जति जान्ने कोही छैन । मैले कसैको कुरा सुन्नै पर्दैन ।”

३. नजानेको कुरा ‘मैले जानेको छैन’ भन्न नसक्नु पनि पढेलेखेका मान्छेको अहमको पराकाष्ठा हो । शिक्षकहरू प्रायः यस्तो विमारीका सिकार छन् । विद्यार्थीमा पनि यो रोग सारिदिन्छन् उनीहरू । यो रोगले शिक्षक र विद्यार्थीलाई एकअर्काबाट टाढिन सहयोग गर्छ । शिक्षक र विद्यार्थी नै एकअर्कालाई विश्वास गर्न सक्दैनन् भने राम्रो पठनपाठन कसरी हुन्छ ?

४. आफूले बिगारेको कुरा पनि अरूले सपार्दिओस् भन्ने ठान्छ्न् पढेलेखेका मानिस । अधिकांश समय अरूलाई गाली गर्दै बिताउँछ्न् । कतिपय बुद्धिजीवीहरू त राजनीतिजस्तो तुच्छ केही छैन भन्छन् तर ताक पर्दा राजनीति आफैं गर्छन् ।

५. पढेलेखेकाले कुरा घुमाउन जान्दछन् । शब्दजालमा माकुराले पुतली फसाएझैं फसाउन उनीहरू माहिर हुन्छन् । नियम पनि उनीहरू नै जान्दछन् अनि नियम बङ्ग्याउन पनि । एकछिन कुनै चोकमा गएर उभिनुहोस्, जानाजान ट्राफिक नियम पालना गर्ने पढेलेखेका मानिस सयौं भेटिन्छन् । सरकारी काम नगर्ने, काम छिटो गराउन घुस दिनेहरू पनि पढेलेखेका मान्छे नै हुन् ।

आफूलाई सधैं सही र अरूलाई सधैं गलत देख्ने, अरूका कुरा सुन्न नचाहने, आफ्नो ज्ञान सीमित भए पनि सर्वज्ञ ठान्ने पढेलेखेकाहरूकै कारण हामीले दु:ख पाएका हौँ भन्ने निष्कर्ष पो निकालेँ मैले त । सहमत हुनुहुन्छ ?

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s