नाकाबन्दी : हाम्रो अर्थतन्त्रको साँचो तस्विर

“रेमिट्यान्सले हाम्रो अर्थतन्त्र कहिले सम्म धान्ला ?” कसैले कहीं लेखेका थिए |

हाम्रो अर्थतन्त्रको तितो सत्य यसपालीको नाकाबन्दीमा प्रत्यक्ष भएको छ | नाकाबन्दी पछाडि अनेकौं राजनीतिक (वा गैरराजनितिक) र कुटनीतिक कारण होलान | जे भए पनि हाम्रो अर्थतन्त्रमा रहेको कमजोरी छताछुल्ल भएर पोखिएको छ |

आर्थिक नाकाबन्दीहरू हाम्रा लागि नौला होइनन् रे – विज्ञ र मिडिया त्यसै भन्छन् | भारतले सन् ६० को दशकको अन्त्यतिर नाकाबन्दी गर्दा मेरा हजुरबुबा-हजुरआमा आफ्नो जीवनको बीसौं बर्समा हुनुहुन्थ्यो |  सन् ८० को अन्त्यतिर भारतले नै गरेको नाकाबन्दीको दौरान मेरा बुबाआमा लगभग बीस बर्षको हुनहुन्थ्यो | तेस्रो पटक नाकाबन्दी भैरहँदा म बीस वर्षको छु | कस्तो अच्चमको संयोग रहेछ ! तर म यसलाई संयोग भन्न चाहन्न | यो हाम्रो राजनीति र अर्थनीतिको असफलता हो |

यो असफलताको लागि अघिल्लो पुस्ता पनि केही हदसम्म जिम्मेवार छ | मेरा हजुरबुबाको पुस्ताको दोष देखाएँ भने अन्याय हुनेछ | उहाँहरूसँग शिक्षा र संचारको पहुँच थिएन | त्यतिबेला सायद नाकाबन्दीले धेरै ठूलो प्रभाव पनि पारेको थिएन | मेरा बुबाआमाले भने शिक्षा पाउनु भएको थियो | संचार मध्यमहरु त्यस समय सिमित थिए तर २०४५ सालको त्यो नाकाबन्दी बारे अवस्य सुन्नु भएको थियो र त्यसको प्रभाव केहि हदसम्म महसुस गर्नुभएको थियो – त्यसबेला सरकारले कुपन मार्फत मट्टीतेल वितरण गरेको थियो रे |

अघिल्लो साता उहाँहरूले ०४५ सालको नाकाबन्दीको कुरा गर्दै गर्दा सोधें, “हजुरहरुले त्यसबेला र अहिले को परिस्थिति बदल्न किन कोसिस गर्न सक्नु भएन ?” उहाँहरूले जवाफ दिनु भएन | सायद उहाँहरुसँग कुनै उत्तर नै थिएन | मेरो प्रश्नले सायद उहाँहरुलाई लज्जित बनायो | यदि मेरा सन्तानले भविष्यमा त्यस्तै प्रश्न गरे भने म त लाजले भुतुक्कै हुन्छु | मलाई मेरा सन्तानले त्यही प्रश्न नगरुन भन्ने म चाहन्छु | के गर्न सक्छु त म ?

केही समय सोचेपछि केहि जवाफ आए | हाम्रो अर्थतन्त्र खस्किनाका कारण र तिनको समाधानका लागि केही उपाय मनमा आए | तर एक्लो प्रयासले त केही हुँदैन |

अहिले हाम्रो अर्थतन्त्र रेमिट्यान्सले थेगेको छ | युवाहरु परदेश जान्छन्, उता बाट श्रम बेचेर पैसा पठाउँछन् अनि हामी यहाँ पनि सरि त्यो पैसा बगाउँछौँ  | तर पैसाले मात्रै अर्थतन्त्र बलियो नहुँदो रहेछ  | अरु पनि महत्वपूर्ण तत्वहरू रहेछन् |

पहिलो हो, नीति | हामी सँग आर्थिक उन्नतिका लागि गतिला नीतिको अभाव छ | विगतमा बनेका नीतिहरू पनि राम्ररी कार्यन्वयन भएका छैनन् | राजनीतिक अस्थिरता र भ्रस्टाचारको प्रतक्ष्य प्रभाव हो यो | विकास नीति बनाउनेहरू सरकार परिवर्तनले प्रभावित भएका छन् | अझ पछी आउने सरकारले अघिल्लो सरकारका नीति र कार्यक्रमलाई पूरै बेवास्ता गर्नु नै हाम्रो अधोगतिको सुरुवात थियो | सरकारमा रहेकाहरूले आफ्नो सोच र कर्मलाई परिवर्तन गर्नु पर्ने आवस्यकता देख्दछु म |

Fuel Crisis hits Nepal due to Economic blockade. Source: econitynepal.com

दोश्रो हो, उद्योग | पृथ्वीनारायणले १८३१ मै आफ्नो देशभित्र उद्योगलाई प्रोत्साहन गर्नु भनेका थिए र खाद्यान्न एवम् लत्ताकपडा कहिले पनि निर्यात नगर्नु भनेका थिए | उनि पछिका शासक र नेताहरुले त्यति बुझ्न सकेको भए हामी खाद्यान्न एवम् लत्ताकपडामा आत्मनिर्भर हुनेथियौं | तर राजनीतिक अस्थिरताले हामी असफल भयौं | सरकारी व्यवस्थापनमा रहेका लगभग सबै उद्योगहरु धरासायी भएका छन् ! व्यवस्थापनको यो कमजोरीले हामीलाई भारी पीडा दिएको छ |

तेस्रो हो स्वामित्व | उद्योग व्यवस्थापनमा सरकारी कमजोरीको उदाहरण माथि प्रस्तुत भैसकेको छ | अब लामो समय उद्योग चलाउने हो भने सर्वसाधारणले पनि ती प्रति आत्मीयता देखाउनु पर्ने जरुरी देखिन्छ | उद्योगहरुलाई सार्बजनिक संस्थान बनाउनु पर्छा | यसले सर्वसाधारण र उद्योग बीच आर्थिक एवम् भावनात्मक सम्बन्ध बनाउने छ |

चौथो हो, मानब संसाधन र यसको सही उपयोग | हामी सँग शिप नभएको होइन, न त हामी अल्छी हौँ | यहाँ केही नगर्ने या गर्न नचाहने नेपालीले पनि खाडीमा श्रम बेचेर, ज्यानलाई हत्केलामा राखेर मिहिनेतका साथ कमाएका छन् | सरकारले नै प्रत्यक्ष  अप्रत्यक्षरूपमा वैदेशिक रोजगारीलाई प्रोत्साहन गरे जस्तो लाग्छ कहिले त | विदेशमा सिकेका शिपको सहि उपयोग हुन सके त त्यो पनि राम्रो हुन्थ्यो | तर विडम्बना, विदेशबाट फर्किएकाहरु यहाँ काम गर्न चाहँदैनन्, चाहे  सरकारी बेवास्ता को कारणले होस् या आफ्नै अनिक्षा का कारणले होस् | उनीहरू फेरी विदेश नै पुग्छन् | यहाँ त दक्ष जनशक्तिलाई पनि ध्यान दिइएको छैन | दक्ष जनशक्तिको पलायन हाम्रो ठूलो समस्या भैसकेको छ | यी  समस्याको  समाधान हाम्रो हातमा छ | हामीले सक्षम नेतृत्व छान्न सक्नु पर्छ | धेरै खराब नेताहरूको बीचबाट असल नेतृत्व खोज्न एकदम गाह्रो छ | तर त्यो चुनौती स्वीकार्न पर्छ, यदि हाम्रो भविष्य सुनिश्चित गर्ने हो भने |

पाचौं हो, प्राकृतिक स्रोतको उपयोग | हामीसँग साहसी पदमार्गहरु छन् | हामीसँग भएको पानीले उर्जा उत्पादन गर्न र सिचाई गर्न पुग्छ | हाम्रो देशमा भएका जैविक विविधताको उपयोग हामी गर्न सक्छौं | आयुर्वेदले उत्तम मानेका वनस्पतिको उपयोग गरेर हामी सम्वृद्धिको पथमा अघि बढ्न सक्छौं | खनिज पदार्थको उपयोग गर्न सकिन्छ | यी सब सक्षम नेतृत्व र व्यवस्थापनबाट सम्भव छ |

यी सबै एकसाथ अघि बढाउन सकियो भने हाम्रो अर्थतन्त्र बलियो नहुने कुरै छैन | हामीलाई आर्थिक वृद्धिको सपना धेरै पटक बाँडिएको छ | अब हामीलाई त्यस तर्फ बढ्न प्रेरित गर्ने नेतृत्व चाहिएको छ | प्रथमतः हामी आफैले आफ्ना कामहरू इमान्दार भएर पूरा गर्नु पर्छा | इन्टरनेटमा लेख लेखेर मात्र त केही नहोला तर यसले मलाई र म वरिपरिका व्यक्तिलाई प्रेरित गर्न सक्यो भने मात्र पनि केहि परिवर्तन अवश्य हुनेछ | हामीले आपसमा इमान्दारिता देखाउने बेला पनि आइसकेको छ | हामी आफ्नो सन्ततिका लागि असल भविष्य चाहन्छौं, होइन र ?

(हाम्रो अर्थतन्त्र  सुधार्ने  अरु  उपाय पनि होलान / कृपया कम्मेन्ट गर्नु होला  /)

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s